कांग्रेसकै गुल्मेली पिकनिकमा के भयो त्यस्तो जस्ले चन्द्र भण्डारीको चित्त दुखायो ?
सन्जु काउछा
माघ ५ ।
सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले आफ्नै पार्टिको भातृ संगठनले आयोजना गरेको कार्यक्रममा आफुलाई नराम्रो भएको सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
भण्डारीले भ्यालेण्टाईन डे अर्थात फेब्रुअरी १४ तारिखमा नेपाली कांग्रेस गुल्मी काठमाडौं संपर्क समितीले त्रिभुवन पार्क, थानकोटमा आयोजना गरेको बृहत बनभोज कार्यक्रम २०७१ बाट सहभागी भएर फर्केपछी आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै यस्तो बताएका हुन् । स्टाटसमा लेखिएको छ ” गुल्मी सम्पर्क समाजको वनभोज कार्यक्रम राम्रो भयों । गुल्मीका कलाकार भेटघाट गर्दा ज्यादै खुसी लाग्यो । तर कार्यक्रम सन्चालकले सुरु देखिनै यती नमिठो विउ रोपे ।” आफ्नो स्टाटसमा उनले थपेका छन्, “मलाई अनुभूति भयो सायद सानो पनी आभास भएको भए सहभागी हुने थिईन । मलाई सानों कुरा गर्न मन थिएन तर पर्दा पछाडिका कलाकारहरु लाई पनी राम्रो हुदैन ।”
भण्डारीले कार्यक्रममा गुल्मेली कलाकारहरु भेट्दा रमाईलो भएको बताएका छन । कार्यक्रममा गुल्मेली लोकगायकद्वय बाबुराम पन्थी र सुनिल थापा साथमा अन्य केही स्थानिय कलाकारहरुको पनि उपस्थिती रहेको थियो । “काठमाँडौमा रहने सम्पूर्ण गुल्मेलीहरु यही फागुन २२-३० मा एकपटक गुल्मी पुगौ” भन्न्ने सन्देश सहित गुल्मी महोत्सब २ को प्रचार प्रसारमा सहयोग पुराउने उद्देश्यले आयोजना गरिएको
कार्यक्रममा सभाषद तथा नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीका अलावा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका सभापति डा कृष्ण बहादुर छन्त्याल, पुर्व सांसद रुद्रमणी भण्डारी र सुवर्ण ज्वारचन पनि सहभागी थिए । त्यसैगरी गुल्मी काठमाडौं संपर्क समितीका सभापती ज्ञान बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सार्क शिक्षक संगठन महासचिब मोहन ज्ञवाली, महिला संघ गुल्मीकी सभापती बिष्णु सापकोटा, नेबी संघका पुर्व उपाध्यक्ष देबेन्द्र प्रसाद पौडेल, जिल्ला कार्य समिती पुर्व सभापती सालीकराम पन्थी, नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. ३ का सभापती दामोदर भुषाल, नेपाल तरुण दलका जिल्ला समिती अध्यक्ष खिलराज पन्थी, नेपाली कांग्रेस महासमिती सदस्य बिष्णु पन्थी लगायतको पनि उपस्थिती रहेको थियो ।
भाडारीको फेसबुक स्टाटस
खासमा भएको के हो ?
काठमाडौंमा बसोबास गर्दै गरेका ब्यवसायी, जागिरे, राजनीतिज्ञ, समाजसेवी र बिद्यार्थी गरी कारिब ४५० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा खास त्यस्तो के भयो जस्ले सभाषद चन्द्र भन्डारीको चित्त दुखायो ? भण्डारीले खुलस्त रुपमा आफ्नो स्टाटसमा केही लेखेका छैनन् । बरु उनले कार्यक्रम संचालकसँग आफुमाथी नमिठो बिउ रोपेको गुनासो गरेका छन् । कार्यक्रमका संचालक थिए संपर्क समितीका सचिब गोबिन्द गौतम । चन्द्र भण्डारीलाई त्यस्तो के भन्नुभयो र उँहाको त सार्है चित्त दुखेछ नि भन्ने गुल्मीन्युजको प्रश्नमा गौतमले भने, “खसमा मैले जानेर त्यस्तो केही भनेको जस्तो त लाग्दैन तर पनि सानो ब्यवस्थापनले गरेको कार्यक्रमहरुमा सामान्य त्रुटी हुनु त स्वाभाविक नै हो ।” उनले थपे, “औपचारिक कार्यक्रमको सेडुल थिएन तैपनी बिशिष्ट ब्याक्तिहरुको उपस्थितीमा तत्काल कार्यक्रम तयार पार्दा मर्यादाक्रममा अलिकती नमिलेको हुनसक्छ । खास उहाँको चित्त दुखाई केमा हो हामी समितीका सबैजना अनभिज्ञ नै छौँ ।”

के भन्छन् भण्डारी ?
कार्यक्रम आयोजकहरुबाट पनि खुलस्त कुरा नआएपछी भण्डारीबाट नै बुझ्न गुल्मीन्युज डट कमले उनलाई फोन लगायो । उनी आफुलाई नरमाईयो लागेको पक्कै हो, शायद पहिले नै सङ्केत पाएको भए कार्यक्रममा सहभागीता नजनाउन पनि सक्ने बताए । खास भएको चाँही के हो त भन्ने कुरामा उनी खुल्न चाहेनन् । “समाजमा सबै खाले मान्छे हुन्छन्, कोही मान्छे आफु केही गर्न सक्दैन/चहाँदैन र अरुले गरेको सकारात्मक कुरामा पनि नकारात्मक कुरा मात्र गरेर आफु हावी हुन खोज्ने जमाना छ “, भण्डारीले थपे, “बितेका नकारात्कम कुरालाई बिर्सौँ, कृपया यो बिषयलाई नकोट्याउनुस् । अरु नै बिषयमा छलफल गरौँ ।”
यसरी भन्डारी पनि आफ्नो चित्त दुखाईको कारणबारे बोल्न नखोजेपछी चुरोको कुरो भने रहस्यको गर्भमै रहेको छ । त्यँहा उपस्थित अन्य महानुभावहरुले त पक्कै थाहा पाउनुभएको होला के भाको हो भन्ने । सुन्नु देख्नु भएको होला ? कृपया तल कमेन्टमा शेयर गर्न नभुल्नुहोला ।

No comments: