महादेवको आराधना गरी देशै भरी महाशिवरात्री पर्व मनाईंदै, राष्ट्रपतिद्वारा पनि पूजाअर्चना ।।
फाल्गुण ०५–
आज महाशिवरात्री, हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना, भजनकिर्तन, पूजा, होम गरी यो पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्री भनी भगवान शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । महाशिवरात्रीमा पशुपतिनाथको दर्शन र पूजा गर्न विहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको भीड लागेको छ । राष्ट्रपति डा रामवरण यादव पनि केहीबेर अघि पुजाआजाका लागि पशुपति मन्दिर पुग्नुभएको छ । उहाँ राष्ट्राध्यक्षको हैसियतले विशेष पूजा गर्नुभएको छ । यसैबीच पूजा गरेर निस्किएपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्नुहुँदै राष्ट्रपति डा यादवले चाँडो भन्दा चाँडो संविधान आओस् भनेर आफूले पशुपतिनाथसँग कामना गरेको प्रतिक्रिया दिनुभयो ।
पशुपतिनाथ मन्दिरमा आज दर्शनार्थीहरुका लागि बिहान तीन बजेदेखि नै मन्दिरको चारै ढोका खुल्ला गरिएको थियो । भक्तजनलाई दर्शनका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ । हरेक लाइनबाट २० देखि ३० मिनेटभित्रै पशुपतिनाथको दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको दावी पशुपति विकास कोषले गरेको छ । महाशिवरात्री पर्वका लागि पशुपतिनाथ दर्शन गर्न आएका सन्त, महन्त, साधु,सन्यासी, उदासी, बैरागी लगायतलाई गुठी संस्थानले पाँच दिनसम्म भोजन र धुनी जगाउन मुढाको ब्यवस्था गरेको पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।
यसैबीच ट्राफिक प्रहरीले पशुपतिनाथ क्षेत्रको सवारी चापलाई लक्षित गर्दै विभिन्न आठ स्थानमा सवारी साधन प्रवेशमा निधेष गरेको छ । पशुपतिनाथको दर्शनका लागि जाने दर्शनार्थीको भीड हुने र उनीहरूको सहजताका लागि गौशाला वरपरका विभिन्न आठ स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जयबहादुर चन्दले कुनै कमजोरी नहुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको बताउनुभयो । ट्राफिक प्रहरीले चाबहिल, पुरानो बानेश्वर, रातोपुल, द्वारिका होटेलको उत्तरतर्फको शाखा, सिफलचौर, मित्रपार्क, गौरीघाट र तिलगंगाबाट गौशालातर्फ जान पासबाहेकका सवारीसाधन प्रवेशमा रोक लगाएको हो ।

No comments: