"2513058968709111" /> बडागाउँको आरुपाटा मन्दिरमा भब्य पुजाआजा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बडागाउँको आरुपाटा मन्दिरमा भब्य पुजाआजा ।।

अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०५–
शिबरात्रीको अबसरमा बडागाँउ ९ आरुपाटा स्थित आरुपाटा शिबालय मन्दिरमा पनि बिधिबत रुपमा पुजाआजा गरिएको छ । २०६१ सालमा सोही ठाउँमा रहेको नबज्योती आमा समुह, बिभिन्न ब्यक्ति हरुको सहयोग तथा स्थानीय बासिन्दाहरुको जनश्रमदानबाट करिब ३ लाख १५ हजार लागतमा निर्मित मन्दिरमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पुजाआज गरिएको हो । साथै यस बर्षबाट मन्दिरलाइृ थप आर्थिक रुपमा ब्यबस्थित तथा पारदर्शी बनाउने उद्धेश्यले आरुपाटा शिबालय मन्दिर ब्यबस्थापन समितिका समेत गठन गरि कार्य शुरु गरिएको समितिका अध्यक्ष लाल बहादुर कार्कीले जानकारी दिनुभयो । ९० सदस्यीय समितिको उपाध्यक्षमा कल्पना पछाई, सचिबमा रमेश पछाई, कोषध्यक्ष गोबिन्द बहादुर कार्की ख, लहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा कमल जीसी, बिष्णु कार्की, सिता भट्टराई, सल्लाहकार गाबिन्द बहादुर कार्की क, मिन बहादुर रायमाझी रहनुभएको छ । आज शिबरात्री पुजाआजा कार्यक्रममा सामुदायिक रेडियोका कार्यकारी प्रमुख कौरब खत्री, कार्यक्रम प्रमुख प्रकास घिमिरे, समाजसेबी, तथा भब्य रुपमा श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका अध्यक्ष लालबहादुर कार्कीले गर्नुभएको थियो । आज पुजाआजा कार्यक्रमको अबसरमा आज झण्डै १६ हजार बराबरको चन्दा सहयोग रकम संकलन भएको समेत कार्कीले जानकारी दिनुभयो ।
यस्तै वामी ५ मैदानमा रहेको उमेश्वर शिबालय मन्दिरमा पनि भब्य पुजाआज भएको छ । बिहान ११ बजेबाट शुरु भएको पुजाआजा तथा भजन किर्तन कार्यक्रममा श्रद्धालुहरुको घुईचो लागीरहेका मन्दिर पुआ ब्यबस्थापन सकिति सयाेंजक नारायण सापकोटाले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.