"2513058968709111" /> गुल्मीको रेडियो रेसुङ्गा आज देखि आठ वर्षमा प्रबेश - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको रेडियो रेसुङ्गा आज देखि आठ वर्षमा प्रबेश

फाल्गुण ०७–
गुल्मीको रेडियो रेसुङ्गा आज देखि ७ वर्ष पुरा गरि ८ वर्षमा प्रबेस गरेको छ । रेडियो रेसुङ्गा प्रा।लि।द्धारा संञ्चालित गाँउ देखि शहर सम्म, पहाड देखि तराई सम्म शान्ती र समानताको प्रतिक भन्ने नारा सहित २०६४ सालमा स्थापना भई श्रोताहरुको बिचमा लोकप्रिय रहेको रेडियाले सफलतम ७ वर्ष पुरा गरि ८ वर्षमा प्रबेस गरेको हो । वार्षिक उत्सवको अबसरमा रेडियोले आफना शेयर सदस्य, बिञापन दाता, कर्मचारी स्वदेस तथा बिदेसमा रहेका श्रोता सबैमा रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेको छ साथै आगामी दिनुहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको संञ्चालक समिती अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । गुल्मी जिल्लामा एफ एम रेडियोका क्षेत्रमा जिल्लाको पहिले रेडियो हो ।
सूचना, शिक्षा, र मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य लिएको यस रेडियोले स्थानीय स्तरमा उत्पादित कार्यक्रमहरुका साथै लन्डन बाट प्रशारण हुने बीबीसी नेपाली सेवा, उज्यालो ९० नेटवर्क बाट प्रसारित कायाकैरन,नेपाल दरपर्ण प्रशारण गर्दै आएको रेडियोले दैनिक समाचारमुलक कार्यक्रम प्रशारण गर्दै आइरहेको छ । रेडियोले आफनो वार्षिक उत्सव ठुलै समारोहको आयोजना गरेर मनाउने गर्दै आएको थियो भने यस वर्ष रेडियोले फरक तरिकाले मनाउएको संञ्चालक समितीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । वार्षिक उत्सवको अबसरमा रेडियोले साँस्कृतिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम गर्दै आएता पनि यस वर्ष दास्रो गुल्मी महोत्सव नजिकिदै गएको र महोत्सव गुल्मेली जनता सबैको रहेकाले महोत्सवलाई सफलबनाउन सहयोग स्वरुप बिगतका वर्षहरुमा जस्तै बिबिध कार्यक्रमहरु आयोजना नगरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । रेडियोले यस वर्ष फरक तरिकाबाट संञ्चालक समिती,कर्मचारी,शेयर सदस्य र आफना सम्बाददाताहरुसंग अन्र्त्क्रिया कार्यक्रम गरेर मनाईएको श्रेष्ठले बताउनु भयो । बालकदेखी वृद्धसम्मले उत्साहवद्र्धक रुपमा सुनिरहेको यस रेडियोले दैनिक रुपमा १८ घण्टा सुचना ज्ञानवद्र्धक कार्यक्रम सहित प्रसारण गर्दै आएको छ । वार्षिक उत्सवको अबसरमा श्रोताहरुले रेडियो सुन्नु पर्ने खालका लोकप्रिय, ज्ञानबद्र्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गित संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझवढी थपिदै लैजाने स्टेसन म्यानेजर अनिता खत्रीले बताउनु भयो । हाल रेडियो रेसुङ्गामा स्टेसन म्यानेजरको रुपमा काम गर्दै आएकी खत्री गुल्मीमै पहिलो महिला स्टेसन म्यानेजर हुन । रेडियोको स्थापना काल देखि काम गर्दै आएकी खत्रीलाई गत असोजमा रेडियो संञ्चालक समितीले स्टेसन म्यानेजरमा जिम्मेवारी दिएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.