दा्ेस्रो गुल्मी महोत्सब प्रचार प्रसारमा तिब्रता, ट्राफिक ब्यबस्थापन समितिको बैठक सम्पन्न ।।
फाल्गुण ०७–
दोस्रो गुल्मी महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचार प्रसार तिब्र बन्दै गएको छ । गुल्मी उद्योग वाणिज्य संघले “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन,उद्योग र व्यापार ” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महो्त्सवको प्रचार प्रसार तिब्र बन्दै गएको हो । महोत्सवलाई सफल बनाउन यतिबेला गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले आफना गतिबिधीलाई बढाएको छ । महोत्सवका लागी गठित बिभिन्न समितीहरुले आफना गतिबिधीलाई सक्रियता बढाएका छन । बिहिबार गुल्मी उद्योग वाणिज्य संघ गुल्मीमा यातायात तथा ट्राफिक व्याबस्थापन समितीको बैठक सम्पन्न भएको छ । समितीका संयोजक मोहन प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा समितीमा आबद्ध बिभिन्न संस्थाका प्रमुखहरु तथा सदस्य र निर्वतमान अध्यक्ष एबं दोस्रो गुल्मी महोत्सव आर्थिक समितीका संयोजक कृष्ण प्रसाद भण्डारी, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसाल र सदस्य गोमाराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । समितीले महोत्सव अबधी भर आगन्तु पाहुनाको सुबिधाको लागी तम्घास बजारभित्र ट्राफिक व्यावस्था को बारेमा छलफल गरेको छ । महोत्सव अबधी भर तम्घास बजार भित्र ठुला यातायात तथा मालबाहक सवारी साधनको लागी दुई वटा रुट बाट यातायात आबगमन गर्ने भएको छ । बुटवलबाट आउने जिप,वस, माइक्रो,हाईस,ट्रक, ट्याक्टर, कार लगायतका सवारी साधन हरुलाई बस पार्कबाट भगवती मन्दीर हुदै बाख्रेछेडा, क्याम्पसरोड ,मिलनचोक हुदै उदिनढुङ्गा जाने व्यावस्था छ भने उदिनढुङ्गाबाट प्रबेस गर्ने सवारी तथा मालबाहक साधनहरु मिलनचोक हुदै पुतलीबजार, पुरानो बजार, बसपार्क हुदै भगवती मन्दीरबाट देउराली तर्फ जान पाउने गरि व्यावस्था मिलाईएको संयोजक पाण्डेयले बताउनु भयो । यस्तै महोत्सवमा आउने अगन्तुहरुको सवारी साधन तथा मोटरसाईकलहरु नेपाल टेकिमको नयाँ बन्दै गरेको भवन अगाडी पार्किङ्गको ब्यावस्था मिलाईएको बताईएको छ । समितीले महोत्सव अबधी भर रेसुङ्गा नगरपालिकाका सिमानाहरु बाट सदरमुकाम तम्घास आउनको लागी प्रयाप्त मात्रामा सवारीका साधनहरु थप्नको लागी बिभिन्न गाडी ब्यावसायीलाई आग्रह गर्ने भएको छ । महोत्सव अबधीभर काठमाडौबाट आउने पर्यटक,अतिथी तथा आगन्तुहरुलाई व्यावस्था मिलाउने गरि फागुन २१ गते देखि २९ गते सम्मबिशेष सवारी साधनहरु थप्नको लागी रेसुङ्गा मिनी माईक्रोलाई अनुरोध गर्ने लगायतको महत्वपुर्ण निर्णय गर्दै बैठ सम्पन्न भएको संयोजक पाण्डेयले बताउनु भयो ।
महोत्सवमा कृषिमेला तथा बिभिन्न घरेलु बस्तुहरु र बिभिन्न औधोगिक बस्तुहरुको प्रर्दशन ,मतकुवा पिङ्ग वाल उड्यान रमाईलो मेला, रम्बा गुल्मी छमछमी नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति , बिबिध साँस्कृतिक झाकीहरु, नेपालका चर्चित हाँस्यव्याग्य कलाकारहरु द्धारा हाँस्यव्याग्य प्रस्तुति, हेलिकप्टर द्धारा गुल्मी जिल्लाको रमणीय ठाउ तथा धार्मिक स्थलहरुको दृश्य अवलोकन मुख्य आर्कषण रहने प्रचार प्रसार संयोजक श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।
दोस्रो गुल्मी महोत्सवमा गुल्मीको कृषि तथा पर्यटनलाई बिशेष प्राथमिकता दिने गरि उद्योग बाणिज्य संघले महोत्सवको तयारी गरेकोसंयोजक श्रीप्रसाद भलामी बताउनु भयो । महोत्सवलाई थप आकर्षण गराउनको लागी हेलिकप्टरको व्यावस्था समेत मिलाउने तयारी भएको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका पर्यटकिय स्थल तथा गुल्मी जिल्ला भ्रमण गर्न सकिने श्रेष्ठले बताउनु भयो । महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । समितीेहरुले यति बेला आफना गतिबिधीलाई तिब्र पारिरहेका छन । महोत्सवमा १ सय ५० स्टलहरु रहने र ५ करोड भन्दा वढीको आर्थिक करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनु भयो । महोत्सवहुने स्थान गुल्मीको सदरमुकाम तम्घास स्थित चिदीचौर खेल मैदानमा यति बेला सरफाई तथा मर्मतको काम पनि सम्पन्न हुदै छ ।

No comments: