"2513058968709111" /> जुम्लाका ४ सय ७७ सहकारी सघं संस्थाले साधारण सभा गरेनन् ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जुम्लाका ४ सय ७७ सहकारी सघं संस्थाले साधारण सभा गरेनन् ।।

फाल्गुण ०१–
जुम्ला ४ सय ७७ वटा सहकारी संघ संस्थाले साधारण सभा नगरेको पाईएको छ । डिभिजन सहकारी कार्यालय जुम्ला अन्र्तगतका जिल्लामा भएका ५ सय ५७ वटा सहकारी संस्था मध्ये जम्मा ६७ वटा संस्थाले मात्रै साधारण सभा गरेका छन् । त्यस्तै, ४ सय ६७ वटा संघले लेखापरिक्षण प्रतिबेदनपनी बुझाएका छैनन् भने अहिलेसम्म ९० वटा सहकारी संघले मात्रै लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् । साधारण सभा र लेखापरिक्षण प्रतिबेदन बुझाउने काम भने ६५ वटा संघले पुरा गरेका छन् । साधारण सभा नगर्ने र लेखापरिक्षण प्रतिबेदन नबुझाउने सहकारी संघलाई ३५ दिन भित्र प्रक्रियामा आउन आग्रह गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाका सहकारी प्रमुख नारायण चापाँगाईले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.