"2513058968709111" /> राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय टोलीले गुल्मीका कार्यलयहरुमा अनुगमन - अनिश शर्मा गैरे
Breaking News
recent

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय टोलीले गुल्मीका कार्यलयहरुमा अनुगमन

अनिल खत्री / गुल्मी फागुन १ /
 राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय टोलीले गुल्मी जिल्लामा अनुगमन गरेको छ । टोलीले शुक्रवार गुल्मी जिल्लामा बिभिन्न कार्यलयहरुमा अनुगमन गरेको हो । अनुगमन टोलिमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यलयका मानानिय सदस्य गोबिन्द शर्मा पौडेल, राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय प्रर्बद्धन तथा महाशाखाका प्रमुख सुर्य बहादुर देउजा, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यलय बुटवलका दिपकजंग कार्की लगायतको टोलीले जिल्लाका बिभिन्न कार्यलयहरुमा अनुगमन गरेको थियो । टोलिले कार्यलयहरुले मानव अधिकारको बारेमा गरेको जानकारी लिएको गियो ।
जिल्ला प्रशासन कार्यलय गुल्मीमा कार्यलय प्रमुख संग गरिएको अन्र्तक्रियामा आयोगका सदस्य मानानिय गोबिन्द शर्मा पौडेलले समग्र देशको मानव अधिकारको क्षेत्रमा बिभिन्न सेवा प्रदाय क्षेत्रमा कार्यलय तथा कैदी बन्दी गृहको अबस्था बारे जानकारी लिने शिलशिलामा गुल्मी आएको बताउनु भएको थियो । कार्यलय प्रमुख संग जानकारी लिने क्रममा सदस्य पौडेलले कर्मचारी जनाको शासक नभई सेवकको रुपमा व्याबहार गर्नुुपर्ने बताउनु भएको थियो । कार्यलयहरुले सेवाग्रहीलाई मानव अधिकार मैत्री व्यावहार हुनु पर्ने बताउनु भएको थियो । मानव अधिकारको लागी सबैखाले समाजिक बिभेद अत्य हुनु पर्ने पौडेललको बभनाई छ । मानव अधिकार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यलय गुल्मीमा गरिएको अन्र्तक्रियमा बिभिन्न बिषयगत कार्यलयहरुले जिल्लामा मानव अधिकारको अबस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, शिक्षा कार्यलयका बिद्यालय निरिक्षक झविलाल बि।क।, जिल्ला जनस्वाथ्य कार्यलय गुल्मीका कृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख हिमालय श्रेष्ठ, महिला तथा वालवालिका कार्यलयकी ईन्दिरा थापा, साहय प्रमुख जिल्ला अधिकारी वलराम अर्याल स्थानिय शान्ति समिती गुल्मीका सदस्य गणेश बिश्वकर्मा लगायतले आफनो कार्यलयको बारेमा मानव अधिकारको स्थिती बारे जानकारी गराउनु भएको थियो । कार्यलय प्रमुखहरुले आफनो कार्यलयमा मनव अधिकार मैत्री सेवा प्रदान गरेको बताएका थिए ।
टोलीले आजै जिल्ला कारागार, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यलय गुल्मीमा समेत अनुगमन गरेको थियो । अनुगमनको क्रममा जिल्ला कारगार गुल्मीमा २५ जना कैदी बन्दीको दरबन्दी रहेतापनि ८३ जना बस्नु पर्दाको दुख कैदी बन्दीहरुले गरेका थिए यस्तै जिल्ला अस्पताल गुल्मीमा गरिएको क्रममा जनशक्ती खभाव भएको बताएका थिए । यस्तै प्रहरी कार्यलय गुल्मीमा गरिएको अनुगमनको क्रममा जिल्ला प्रहरी प्रमुख हिमालय श्रेष्ठले जिल्लामा केहि वालवालिकाहरु चोरी तथा अन्य उत्रिखल क्रियाकलापमा सामेल हुनेहुदा सुधार केन्द्र को समस्या रहेको बताउनु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय टोली अर्घाखाँची हुदै गुल्मी आएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.