"2513058968709111" /> बीपी राजमार्गमा बोलेरो पल्टीदाँ एकजनाको मृत्यु, २ जना घाइते ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बीपी राजमार्गमा बोलेरो पल्टीदाँ एकजनाको मृत्यु, २ जना घाइते ।।

फाल्गुण ०१–
बीपी राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १० मा बोलेरो दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । धुलिखेलबाट भकुण्डे तर्फ गइरहेको बा १० च १९६६ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटना हुदाँ मथुरापाटी फुलबारी ८ का ६१ बर्षीय विष्णु प्रसाद अधिकारीको मृत्यु भएको हो । करिब ५ सय मिटर तल बोलेर खस्दा घाइते हुनुभएका अधिकारीलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै सोहि ठाउँका ५९ बर्षीय धन लक्ष्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । उहाँको वि एण्ड वि अस्पतालमा र अर्का घाइते ३२ बर्षीय सरस्वती परियारको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.