"2513058968709111" /> सिन्धुलीमा सुमो दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारको क्रममा मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सिन्धुलीमा सुमो दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारको क्रममा मृत्यु ।।

फाल्गुण ०१–
सिन्धुलीको मध्येपहाडी लोकमार्ग अन्तर्गत हैबारवेसीमा सुमो दुर्घटनामा गम्भिर घाईते भएका चालक रत्न तामाङको मृत्यु भएको छ । रामेछाप घर भएका तामाङको रामेछाप तामाकोसी सहकारी अस्पतामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक नरेसराज सुवेदीले जानकारी दिए । घटनामा घाईते भएका सोलुखुम्वुका कानदुरी शेर्पा, तिम्बा शेर्पा र २ जना फ्रेन्स नागरिकको तामाकोसी सहकारी अस्पतालमा उपचार भैरहेको सुवेदीको भनाई छ ।  सुमोमा सवार ९ जना मध्ये ५ जना गम्भिर घाईते भएका थिए भने ४ जना समान्य घाईते भएका थिए । समान्य घाईतेहरु उपचारपछि घर फर्किएका छन् । काठमाडौवाट सोलुखुम्वु तर्फ जाँदै गरेको ना १ ज ३६०७ नम्वरको सुमो शुक्रबार विहान सवाँ ८ वजे तिर बाशेश्वर ४ हैबारवेसीमा अनियन्त्रित भई सडकबाट १६ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.