राजनीतिक निकासमा रेडियोकोे भुमिका महत्वपूर्ण हुन प्रधानमन्त्री कोईरालाको भनाई ।।
फाल्गुण ०१–
प्रधानमन्त्री सुशील कोईरालाले नागरिकलाई सुचना दिन नेपालका सामुदायिक रेडियो एकदमै प्रभावकारी र भरपर्दो भएको बताउनु भएको छ । चौथो विश्व रेडियो दिवशको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले राजधानीमा गरेको कार्यक्रममा उहाँले रेडियो आवाज विहीनहरुको आवाज बनिरहेको बताउनु भएको हो । नेपालको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका सामुदायिक रेडियोले अब दिगो शान्ति कायम गर्न पनि भुमिका खेल्नु पर्ने बताउनु भयो । फेरी नयाँ सहमतिको प्रयास सुरु भएको बताउदै प्रधानमन्त्रीले अव आन्दोलन विकल्प होइन, अव आन्दोलनमा जानु भनेको मुलुक अनिश्चित तर्फ धकेल्नु हो त्यसका लागि रेडियोले पनि दवाव दिनु पर्ने बताउनु भयो । स्थानिय भाषा परम्परा संस्कृतीको उठानमा रेडियोले भुमिका खेलेकोले यसको क्षमता वृद्धि गर्नुपर्ने पनि उहाँले बताउनु भयो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका तर्फबाट प्रधानमन्त्रीलाई रेडियो सेट प्रदान गरिएको थियो भने गैरसरकारी क्षेत्रको पहिलो एफएम रेडियो सगरमाथालाई खोल्न अनुमति दिने तत्कालिन सञ्चारमन्त्री पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई ताम्रपत्रले सम्मान गरिएको थियो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफुहरुको प्रयासबाट एफएम सुरु भएपछि देशमा सुचनाको क्षेत्रमा ठुलो परिवर्तन आएको बताउनु भयो । उहाँले सुचना प्रविधिको बिकासमा राज्यले अंकुस लगाउन नहुँने बताउनु भयो । त्यस्तै पहिलो एफएम रेडियो सगरमाथालाई पनि सम्मान गरिएको थियो ।
सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले नयाँ बन्न लागेको सञ्चार नीतिले रेडियोहरुले अहिले भोगिरहेको समस्या समाधान हुने बताउनु भयो । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चाँपागाईले सामुदायिक रेडियोलाई राज्यले चिन्न नसकेको र सहयोग नगरेको बताउनु भयो । उहाँले सामुदायिक रेडियोलाई सरकारको नीतिले स्वीकार नगरेको बताउदै सामुदायिक रेडियोले गरेको योगदानलाई कदर गरेर राज्यले सहयोग गरे रेडियोको क्षमता वृद्धि हुने बताउनु भयो । पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले रेडियो पत्रकारहरुको क्षमता बृद्धिका कार्यक्रमहरु सरकार र सरोकारवालाहरुले गर्नु पर्ने बताउनु भयो । संसदको अन्तर्राष्टिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं एमाओवादीका नेता प्रभु शाहले रेडियोले मात्रै नागरिकका जिवनसँग जोडिएको कृषि रोजगारका बिषयमा पत्रकारीता गरेको बताउनु भयो । बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र सामुदायिक रेडियोले गाउँगाउँमा सूचना र सेचतना अभिवृद्धिको लागि काम गरिरहेको बताउनुभयो । त्यसैगरी समाज गाउँमा फैलिएको उत्तजनात्मक घटनाहरुलाई नियन्त्रण गर्न पनि रेडियोले ध्यान दिनुपर्ने मिश्रले बताउनुभयो ।
राष्टिय महिला आयोगका अध्यक्ष शेख चाँदताराले गाउँगाउँमा पुगेको रेडियोले महिलाहरुका लागि अझ फाइदा पुर्याएको र उनीहरुलाई चेतनाको विकास गराएको छ । अमार्क, एसिया प्यासिफिकका उपाध्यक्ष मिनबहादुर शाहीले रेडियोले लोकतन्त्रको संस्थागत विकास, मानवअधिकारको संरक्षण, प्रवद्र्धन, सामाजिक रुपान्तरण गर्न विश्वमै महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

No comments: