"2513058968709111" /> बुर्तिबाङमा चौथो विश्व रेडियो दिवस मनायो ,पश्चिम क्षेत्रमा सामुदायिक रेडियोको भुमिका प्रशंसनिय रहेको वक्ताहरुको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुर्तिबाङमा चौथो विश्व रेडियो दिवस मनायो ,पश्चिम क्षेत्रमा सामुदायिक रेडियोको भुमिका प्रशंसनिय रहेको वक्ताहरुको भनाई ।।

फाल्गुण ०१–
देशभर विश्व रेडियो दिवस मनाइरहँदा पश्चिम बागलुङको पश्चिम क्षेत्रमा रहेका दुई रेडियोहरुले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन् ।
बुर्तिबाङ स्थित सामुदायिक रेडियो परिवर्तन र रेडियो ढोरपाटनको संयुक्त आयोजनामा आज प्रभातफेरी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुको लागि फलफुल वितरण कार्यक्रम सम्पन्न गरि स्थानीय राजनैतिक दलका प्रतिनीधि ,सरकारी तथा गैरसरकारी संघसँस्थाका प्रतिनीधि तथा स्थानीय जनताहरुसंग समुदायमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
उक्त अवसरमा बोल्ने वक्ताहरुले पश्चिम क्षेत्रमा सञ्चालित रेडियोहरुले समाजलाई सू—सुचित गर्ने कार्यमा प्रशंसनिय भुमिका निर्वाह गरेको भन्दै अझै प्रभावकारी कार्यक्र उत्पादन र प्रशारणमा ध्यान दिन आग्रह गरेका छन् ।
यसैबीच कार्यक्रमका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत सेवा केन्द्र प्रमुख लोकबहादुर कुवँरले,‘समाजमा रहेका हरेक नागरिकलाई सचेत बनाउने अभियानमा महत्वपूर्ण र अर्थपूर्ण भुमिका निर्वाह गरेको भन्दै यसलाईm निरन्तरता दिन आग्रह गर्नुभयो । त्यस्तै सेवा केन्द्रकै नायव सुव्वा नन्दराम भुसालले, ‘प्रशासनिक क्षेत्रमा हुने भ्रष्टचार न्यूनिकरण र समाजमा हुने नकरात्मक क्रियाकलापको विरुद्धमा सञ्चारका माध्ययमहरुले गरेको खवरदारीप्रति धन्यबाद ज्ञापन गर्नुभयो । त्यस्तै बुर्तिबाङका समाजसेवी ज्ञान प्रसाद कँडेलले, ‘पछिल्लो एक दशकमा नेपालमा भएको सञ्चारमाध्यमको तिब्र विकाससंगै सामाजिक जागरणका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यो प्रशंसनिय विषय भएको बताउनुभयो ।’ उहाँले, थप वोल्दै ‘कतिपय विषयमा गरिएको तथ्यहिन सामाग्रीहरुको प्रशारणले समाजमा नकरात्मक प्रभाव पार्न सक्ने भन्दै यो प्रति सचेत रहन संचारकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । यसैबीच आफ्नो मन्तव्य राख्दै सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारले ‘भौगोलिक दुरी र प्रशासनिक सेवा र सुविधाको हिसाबले अझै पनि विकट र दुर्गम क्षेत्र मानिने पश्चिम बागलुङका जनताहरुलाई सुसुचित बनाउन स्थानीय रेडियोहरुले गरोको योगदान महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताउनुभयो ।  उहाँले अहिले सञ्चार माध्यमहरु आर्थिक रुपमा निकै कमजोर मानिएका सामुदायिक रेडियो तथा त्यससंग आवद्ध श्रमजीवि पत्रकारहरुको अवस्थाको बारेमा राज्य कत्तिपनि चिन्तित नभएको बताउनुभएको थियो । विश्व रेडियो दिवसको अवसरमा पश्चिम बागलुङको बुर्तिबाङमा सञ्चालित सामुदायिक रेडियो परिवर्तन र सामुदायिक रेडियो ढोरपाटनको संयुक्त आयोजना रहेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका सञ्चार माध्ययमको रहने धारणा व्यक्त गरेका थिए । रेडियो दिवसको  रौनकसंगै रमाएका धेरै संचारकर्मीहरु पत्रकारिता क्षेत्रको अन्यौल भविष्य जान्दा जान्दै पनि देश र समाजमा स्वतन्त्रता , समानता र सदभावको विकास गर्नको लागि बिना मुल्य आफ्नो बोली बेचिरहेका छन् । तर पनि समाज रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका अतुलनीय रहेको कुरामा कसैको पनि दुइमत छैन ।
कार्यक्रम सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर शान्ति छन्त्यालको स्वागत मन्तव्य र रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.