"2513058968709111" /> गुल्मीमा आजबाट फोटो सहितका मतदाता नामावली संकलन कार्य शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा आजबाट फोटो सहितका मतदाता नामावली संकलन कार्य शुरु ।।

फाल्गुण ०१–
गुल्मीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु भएको छ । आजबाट सुरु भएको टोलीले प्रथम दिन गुल्मीका ५ वटा गाविसमा फोटो सहित मतदाता नामावली संकलन गर्ने जिल्ला बिर्वाचन कार्यलय गुल्मीका अधिकृत गणेश बहादुर खत्रीले बताउनु भयो । जिल्लामा आजबाट सुरु भएको संकलन कार्यमा अर्लाकोट, हर्मिचौर, अश्लेवा, भार्से र खडकोट गाविसमा संकलन कार्य सुरु भएको हो । पाँच समुहमा बिभाजन भएका संकलन टोलिले एउटा गाविसमा २ दिन सम्म संकलन गर्ने छन । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका तथा उमेर पुगेर दर्ता गराउन नपाएका र नाम दर्ता गराएका तर नाम परक परेका व्यक्तीहरुले सच्चाउन पाउने समेत व्यवस्था मिलाईएको जिल्ला निर्वाचन अधिकृत खत्रीले बताउनु भयो । फोटो सहितको मतदाता नामावली संकलन आज बाट सुरु भई चैत्र १४ गते सम्म गुल्मी जिल्लाका ७५ वटा गाविसमा टोली जाने जिल्ला बिर्वाचन कार्यलय गुल्मीका सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो । कार्यलयले उमेर पुगेका तर नाम दर्ता गराउन छुटेको भए आफना गाविसमा आउने मतदाता नामावली संकलन कर्ता संग गई आफनो नागरिता लिई नाम दर्ता गराउन निर्वाचन कार्यलय गुल्मीले आग्रह समेत गरेको छ ।
गुल्मीमा गत २०७० सालमा सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा १ लाख ५० हजार ६ सय ६४ मतदाताले फोटो सहितको मतदाता नामावलीमा संकलन गरेका थिए । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ताकार्य जिल्ला निर्वाचन कार्यलय गुल्मी र जिल्ला प्रशासन कार्यलयमा भईरहेको कार्यलयले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.