"2513058968709111" /> आगामी २२ फागुनबाट शुरु हुने दोस्रो गुल्मी महोत्सबको उद्घघाटन प्रधानमन्त्री कोइरालाले गर्ने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आगामी २२ फागुनबाट शुरु हुने दोस्रो गुल्मी महोत्सबको उद्घघाटन प्रधानमन्त्री कोइरालाले गर्ने ।।

फाल्गुण ०१–
२२फागुनदेखि ३०सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महो्त्सवको उद्घाटन प्रधानमन्त्री शुसिल कोइरालाले गर्नुहुने भएको छ । महोत्सव आयोजक सँस्था गुल्मी उघोग बाँणिज्य संघको बिहिबार बसेको कार्यसमितीको बैठकले प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री कोइरालाई निमन्त्रणा पठाएको र उँहाले निमन्त्रणा स्वीकार गरी महोत्सवमा उपस्थित हुने जानकारी गराउनुभएको छ ।
कोईरालाका अलावा विशेष अतिथीको रुपमा अर्थमन्त्री डा। रामशरण महतर समापन कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्योग मन्त्रि महेशबस्नेत उपस्थित हुने बताइएको छ । साथै बैठकले महोत्सव स्थललाई सुरक्षित र व्यावस्थित बनाउन महोत्सव स्थलको विभिन्न स्थानमा सिसी क्यामरा जडान, महोत्सव स्थल चिदिचौर मैदानलाई आजबाटै मर्मत संभार गने समेतनिर्णय गरको गुल्मी उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेल जानकारी दिनुभएको छ । साथै आजबाट पाल्पामा सञ्चालन हुने पाल्पा महोत्सवको अबलोकनको लागी एक टोली पाल्पा जाने समेतबैठकले निर्णय गरेको छ ।
दोस्रो गुल्मी महोत्सव नजिकीदै गर्दा दैनिक जसो मुल समिति र विभिन्न उपसमितीका बैठकहरुबसिरहेका छन । बिहिबार पनी सांस्कृतिक उपसमितीले पनी आफुले गरेको कामको बारेमा जानकारी गराएको छ । “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन,उद्योग र व्यापार ” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ दोस्रो गुल्मी महोत्सव सम्पन्न हुदै छ ।। महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राख्ने तयारी भएको छ । महोत्सवलाई थप आकर्षण गराउनको लागी हेलिकप्टरको व्यावस्था समेत गर्ने तयारी भएको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका पर्यटकिय स्थल तथा गुल्मी जिल्ला भ्रमण गर्न सकिने श्रेष्ठले बताउनु भयो । महोत्सवमा गुल्मीमा उत्पादन भएका कृषि जन्य सामाग्रीहरु प्रर्दशनीमा राख्ने मध्ये उत्कृष्ट कृषकहरुलाई जिल्ला कृषि बिकास कार्यलय गुल्मीबाट तर्फबाट पुरस्कारको व्यबस्था मिलाईएको घरेलु तथा कृषि प्रर्दशनी समितीका संयोजक मनिराम अर्यालले बताउनु भयो ।  महोत्सव सफलबनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । समितीेहरुले यति बेला आफना गतिबिधीलाई तिब्र पारिरहेका छन । महोत्सवमा १ सय ५०स्टलहरु रहने र ५ करोड भन्दा वढीको आर्थिक करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.