"2513058968709111" /> बाराको सिमरामा प्रहरी र प्रदर्शनकारीबीच ३ घण्टा झडप ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाराको सिमरामा प्रहरी र प्रदर्शनकारीबीच ३ घण्टा झडप ।।

फाल्गुण ११–
मालपोत र नापी कार्यालयको सेवा बिस्तारको माग गर्दे स्थानियले निशेधित Ôेत्र तोड्ने प्रयास गर्दा आज पनि सिमरा तनाबग्रस्त बनेको छ । निशेधित Ôेत्र तोडेर राजमार्गमा उत्रिएका प्रदर्शनकारीमाथी नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाउने प्रयास गर्दा स्थिती तनावग्रस्त बनेको हो । राजमार्गमा भेला भएका बन्दकर्तालाई प्रहरीले लाठी प्रहार गर्दै तितरबितर पारेका थिए । प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बन्दकर्ताले ढुंगा प्रहार गरेका थिए । करिब तीन घण्टासम्म चलेको झडपमा प्रहरी र बन्दकर्ता दुबै तर्फका ३६ जनाभन्दा बढी घाईते भएका छन् । घाईते हुनेमा सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र यादव लगायत रहेका छन् । बाराका प्रहरी उपरीÔक लोकेन्द्रबहादुर मल्लले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरि आधा दर्जनभन्दा बढी घाइते भएको जानकारी दिनुभयो । झडपमा क्रममा घाईते भएका बन्दकर्तामध्ये एक जनाको कान्छी औंला चुडिएको छ । प्रहरीले लखेट्ने क्रममा भागेर घरभित्र लुक्नलाई ढोका लगाउन खोज्दा च्यापिएर स्थानीय भोला थापाको औला चु“डिएको हो । थापालाई उपचारका लागि बिमानबाट काठमाडौं ल्याईएको छ । सिमरास्थित सुर्य नेपाल अगाडि प्रहरिसंग झडप हुदा कृष्ण आचार्यको हात भाँचिएको छ भने कृष्ण बोगटी घाईते हुनु भएको छ । घाइतेहरुको बिरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । प्रदर्शनकारीको खोजिका क्रममा प्रहरीले स्थानीयको घर र होटलभित्र प्रवेश गर्दै लाठी प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट दर्जनौ सर्वसाधारण्ँ घाईते भएका छन् ।
प्रहरीले चोकका घरभित्र आश्रु यास र ढुंगा  प्रहार गर्दा महिला र बालबालिका बढी प्रभावित भएका थिए । बन्दकर्ताले सडक नछाडेपछि प्रहरीले रबरको गोली प्रहार गरेको थियो । गोली लागेर केहि प्रर्दशनकारी घाईते भएका छन् । रबरको गोलि लागेर निरजु साह गंभिर घाईते हुनु भएको छ ।  ढुंगा हानेको भन्दै प्रहरीले घरभित्रबाट समेत केही स्थानियलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा ज्यादती गरेको स्थानिय सरोकार समितिका सदस्य देव श्रेष्ठले बताउनुभयो ।  प्रहरीले मधु पौडेल, गिता कंडेल, राधादेवी साह, रवि गुप्ता, प्रविण्ँ अधिकारी, सुलभ अधिकारी, सविन कार्की, अतिश श्रेष्ठ, गोपी सिलवाल, बर्Èा राई, प्रधुम्न साह, सञ्जयकुमार साह, शिवशंकर महतो, उÈा महतो, गोपाल रिजाल र निरन्जन खरेललाई नियन्त्रण्ँमा लिएर सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवामा राखेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.