भारतमा तिब्र रुपमा फैलीएको स्वाईनफ्लुको असर नेपालमा पनि ।।
फाल्गुण ११–
भारतमा तिब्ररुपमा फैलिएको स्वाईन फ्लुको असर नेपाल पनि प्रत्यक्षरुपमा देखा परेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पाँच जनामा स्वाईन फ्लुको संक्रमण देखिएको हो ।
महाशाखा प्रमुख डा. बाबुराम मरासिनीका अनुसार भारतबाट फर्किएका पाँच जनामा स्वाईन फ्लुको संक्रमण भेटिएको हो । काठमाडौं, पोखरा र भरतपुरबाट लिईएको नमूना जाँच गर्दा स्वाईन फ्लु देखा परेपछि संक्रिमित पाँचै जनालाई स्वाईन फ्लुको एन्टी भाईरल औषधि दिईएको छ ।
स्वाईनफ्लु संक्रमितका परिवारलाई पनि औषधि दिईएको र रगत परिक्षण गरिएको महाशाखाले जनाएको छ । पछिल्ला केहि महिना भित्र भारतमा स्वाईन फ्लुलका कारण करिब ८ सय को मृत्यु भैसकेको छ ।
स्वासप्रस्वासमा समस्या हुने, घाँटी दुख्ने ज्वरो आउने जस्ता लक्षण देखा पर्ने र मृत्युसम्म हुने भएकाले स्वाईनफ्लुबाट जोगिन विशेष सतर्कता अपनाउनु पर्ने इपिडिमियोलेजी तथा रोग नियन्त्रण महाशाखाले सुझाव दिएको छ ।
संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा, सँगै बस्दा पनि यो रोग सर्ने हुदा सजकता अपनाउन र संका लागेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

No comments: