बुर्तिबाङ्गमा सञ्चलीत दुई दिने निशुल्क परिवार नियोजन स्थाई बन्ध्याकरण सिविर समपन्न ।।
छबिलाल पाण्डे, बाग्लुङ्
फाल्गुण ११–
जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङको आयोजनामा हिजो देखि बुर्तिबाङ्गमा सुरु भएको दुई दिने निशुल्क परिवार नियोजन स्थाई बन्ध्याकरण सिविर आज समापन भएको छ । बागलुङ जिल्लाको क्षेत्र नँ ३ अन्र्तगतका समुदायलाई लक्षित गरी सञ्चालान गरीएको सिविर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको हो । उतm अबसरमा पुरुषका लागि भ्यासेक्टोमि तथा महिलाका लागि मिनील्याप बन्ध्याकरण सिविर सञ्चालन गरीएको थियो । सिबिरमा जिल्लाको बुर्तिबाङ, भिमगिठे, रनसिँहकिटेनी, खुङ्गगा, राजकुट र अधिकारी चौर, ,बोबाङ लगाएतका गाविसका गरी हिँजो १७ जनाले स्थाई परिवार नियोजन गराएका थिए भने आज पनी नौ जनाले स्थाई बन्ध्याकरण गरेका छन् । जसमा सात महिला र १६ पुरुष गरी जम्मा २३ जनाले बन्ध्याकरण गराएका छन् । दुई दिने शिविरमा जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका स्त्रि प्रसुति रोग बिशेषज्ञ डा लक्ष्मि आर्चाय गौतम, पब्लिक हेल्थ नर्स हरी कासि पालीखे, परिवार नियोजन सुपरभाईजर अधिकृत दिपक सुवेदि, बरिस्ठ नर्स गुमा केशि लगाएतले सिविरमा चेकजाँच तथा बन्ध्याकरण गरेका हुन् । विगतका बर्षहरुमा पनी सञ्चालन हुँदै आएको सिविर गत बर्षको तुलनामा भन्दा यस समयमा परिवार नियोजन गर्नैको सँख्यामा कमि आएको पाईएको छ । पछिल्लो समयमा बैकल्पिक अस्थाई साधनको प्रयोग गर्नैको सँख्यामा बृर्दि भएका कारण केहि कमि आएको हुनसक्ने परिवार नियोजन सुपरभाईजर अधिकृत दिपक सुवेदिले बताउनु भएको त्यहाबाट छबिलाल पाण्डेले खबर पठाउनुभएको छ ।

No comments: