"2513058968709111" /> दोस्रो गुल्मी महोत्सवको सबै वढी स्टल बुकिङ्ग - अनिश शर्मा गैरे
Breaking News
recent

दोस्रो गुल्मी महोत्सवको सबै वढी स्टल बुकिङ्ग

अनिल खत्री, गुल्मी
फाल्गुण ११–
आगामी २२ फाल्गुन देखि ३० गते सम्म गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवको सबै स्टल बुकिङ्ग भएका छन । गुल्मीको सदरमुकाम तम्घास स्थित चिदिचौरमा सम्पन्न हुने महोत्सवमा १ सय ५० स्टल रहने स्टल भैसकेको स्टल संयोजक तथा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो । महोत्सवका कुल १ सय ५० स्टल मध्ये जिल्ला कृषि बिकास कार्यलय गुल्मीलाई ७ वटा र घरेलु तथा साना उद्योग गुल्मीलाई ५ वटा स्टलहरु उपलब्ध गराईएको भुसालले बताउनु भयो । महोत्सवमा औधोगिक बस्तुहरुको प्रर्दसन सगैेगुल्मीमा उत्पादन हुने सम्पूर्ण कृषिजन्य सामग्री, स्थानीय भेषभुसा, स्थानीय परिकार गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिउदो माछा लगायतका अन्य कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू, गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका आमा समुहद्धारा चिउरी पेल्ने समेत ब्यवस्था समेत मिलाईने भएको छ । महोत्सवमा  ५ करोड भन्दा वढीको आर्थिक कारोबारहुने लक्ष्य राखिएको संयोजक भुसालले बताउनु भयो ।
महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । समितीेहरुले यति बेला आफना गतिबिधीलाई तिब्र पारिरहेका छन । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थालहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी सहयोग पुग्ने बाणिज्य संघका महासचिव एबं दोस्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले वताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.