"2513058968709111" /> आफ्नो गाउँ आफै बनाऔ भन्ने नारा सहित शारदा बिद्या मन्दिर माबिद्धारा सरसफाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आफ्नो गाउँ आफै बनाऔ भन्ने नारा सहित शारदा बिद्या मन्दिर माबिद्धारा सरसफाई ।।

अनिश गैरे,। वामी गुल्मी
फाल्गुण ११–
आफ्नो गाउँ आफै सफा बनाऔ भन्ने मुल नाराका साथ शारदा बिद्या मन्दिर माद्यामिक बिद्यालय वामी मैदानका बिद्यार्थीहरु द्धारा सरसफाई गरिएको छ । बिद्यालयका कक्षा ९ र १० को बाताबरण बिषयको प्रयोगात्मक बिषय अन्तर्गत सरसफाई गरिएको हो । बिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा तथा शिक्षक रामकृष्ण कंडेलको नेतृत्वमा सरसफाई गरिएको छ । बिद्यालय कम्पाउण्ड लगायत वामी मैदान सम्म रहेका प्लास्टीक, सिसा तथा अन्य बिषालु फोहोरहरु नियन्त्रण गरिएको बिद्यार्थी रमेश रसौलीले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा वामी सरसफाई समितिका सयाेंजक हरि सापकोटाको समेत उपस्थिती रहेको थियो । वामी गाबिसलाई प्लास्टीक तथा अन्य बिषालु फोहोर मुक्त बनाउने अभियानलाई सफल बनाउन सहयोग पुग्ने उद्धेश्यले सरसफाई कार्यक्रम सम्पन्न गरिएको बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.