"2513058968709111" /> बाराको सिमराको नागरिक रेडियोमा तोडफोड ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाराको सिमराको नागरिक रेडियोमा तोडफोड ।।

बारा , फाल्गुण ११–
समरामा जारी आन्दोलनका क्रममा प्रहरीले सञ्चारगृहमाथी आक्रमण गरेको छ । बाराको सिमरा स्थित सामुदायिक रेडियो रेडियो नागरिकको स्टेशनमा प्रबेश गरी शसस्त्रप्रहरी र नेपाल प्रहरीले रेडियो तोडफोड गरेको हो ।  विहान साढे ९ बजे सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्ज भित्र प्रबेश गरेर प्रहरीले रेडियोको बोर्ड, कम्प्युटर, टेलीफोन, स्याटेलाईट रिसीभर, बाहिर रहेको वुफर र सिसा तोडफोड गरेको रेडियोका स्टेशन प्रमुख सुनील गाउँले जानकारी दिनुभयो । तोडफोडबाट दुईलाख भन्दा बढिको क्षती पुगेको रेडियोका गाउँलेको भनाई छ ।  ताला लगाएर राखेका कारण रेडियोको ट्रान्समिटरमा भने कुनै क्षती पुगेको छैन । कन्ट्रोल रुममा समेत प्रबेश गरेका प्रहरीले रेडियोको मिक्सचर समेत उठाउने प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । प्रहरीलाई रेडियो तोडफोड नगर्न आग्रह गर्दा रेडियोका कार्यकारी निर्देशक वसन्त शर्मामाथी समेत प्रहरीले हातपात गरेका छन् । प्रहरीको कुटपीटबाट शर्माको हातमा चोट लागेको छ ।  सिमरा बजार नजिकै रहेको रेडियोमा प्रदर्शनकारी लुकेको भन्दै प्रहरी प्रबेश गरेका थिए । आन्दोलनमा सम्बद्ध कोही पनी रेडियो भित्र नरहेको स्टेशन प्रमुख गाउँलेले जानकारी दावी गर्नुभयो । प्रहरी प्रबेश गर्दा रेडियोमा गित मात्र बजिरहेको थियो । रेडियो नागरिक केहि समय बन्द रहेर भर्खरै प्रशारण शुरु गरेकाले हाल रेडियोमा सामुदायिक सुचना नेटवर्कको साझाखबर बाहेक अन्य समाचार बुलेटिन सम्म पनि नबजेको स्टेशन प्रमुख गाउँलेले बताउनुभयो । सञ्चारगृहमाथी भएको तोडफोडको भत्र्सना गर्दै सामुदायिक रेडियो प्रसारक संघ अकोराबले ध्यानाकर्षण भएको जनाउँदै घटनाका दोषीलाई अविलम्ब कारवाही गर्न र आक्रमणबाट पुगेको क्षतिको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेको छ । अकोराबका महासंघ गोविन्द देवकोटाद्वारा जारी विज्ञप्तीमा घटनाको निन्दा गर्दै तत्काल छानविन गरि दोषिलाई कारवाही गर्न माग गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.