गुल्मी महोत्सब मुल आयोजक समितिको बैठक सम्पन्न ।।
ANIL KHATRI , GULMI
माघ १८–
आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवको मुल आयोजक समितीको बैठक सम्पन्न भएको छ । आइतवार गुल्मी उद्योगवाणिज्य संघको सभा हलमा सम्पन्न बैठकमा बिभिन्न समितीहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
महोत्सव मुल आयोजक संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा बिभिन्न समितीहरुले हाल सम्म गरेका प्रगती तथा आगामी दिनहरुमा गर्नु पर्ने योजनाहरुको बारेमा समेत छलफल, सल्लाहा सुझाव समेत संकलन गर्दै आगामी दिनहरुमा सोहि अनुसारले अगाडी बढने निर्णण गर्दै सम्पन्न भएको छ । बैठकमा बिभिन्न समितीहरुले हाल सम्म गरेका प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । दोस्रो गुल्मी महोत्सव मुल आर्थिक समितीका संयोजक तथा निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले समितीले गुल्मी जिल्ला र जिल्ला बाहिर बुटवल काठमाडौमा आर्थिक संकलन को बारेमा जानकारी गराउदै महोत्सव सफल बनाउनु आर्थिक संकलन अभियान सन्तोष जनक रहेको बताउनु भयो । यस्तै महोत्सव मुल आयोजक समितीले आजै गुल्मी जिल्लामा रहेका बिभिन्न कम्पनीका डिलरहरु संग पनि छलफल सम्पन्न भएको छ । छलफलको क्रममा डिलर व्यावसायीहरुले महोत्सव सफल बनाउन आबश्यक सहयोज हुने तथा पहल भैरहेको बताए । बैठकले दोस्रो गुल्मी महोत्सवमा थप आकर्षण गर्नको लागी हेलिकप्टरको ब्यावस्था मिलाउनको लागी तयारी भैरहेको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो गुल्मी महोत्सवमा १ सय ५० स्टल रहने स्टल संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार हाल सम्म ८२ वटा स्टल बुकिङ्ग भैसकेको र अन्य बुकिङ्ग जारी रहेको बताउनु भयो । महोव्सवमा कृषि मेला प्रर्दसनीकोले पनि बिभिन्न फलफुल तथा अन्य कृषि सामाग्रीको लागी प्रर्दसन गर्न बिभिन्न ठाउमा छलफभैरहेको कृषि मेला प्रर्दसनी संयोजक कमिराम अर्यालले बताउनु भयो । यस्तै दोस्रो गुल्मी महोत्सवमा आउने पर पाहुँनालाई स्वादिष्ट एबं सफा वातावरणमा खानो बस्ने व्याबस्था मिलाउने उदेस्यले खाध्य तथा आवास समितीले गुल्मी जिल्लाका बिभिन्न होटलहरुमा अनुगमन गरेको खाध्य तथा आवास समितीका संयोजक मृगेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । अनुगमनमा होटल व्यावसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापा, उपाध्यक्ष भेषराज कडेल, सचिव चुरा बहादुर खत्री लगायतको टोलीले सदरमुकाम तम्घासका होटलहरुको अनुगमन गरेको छ । यस्तै आजै गुल्मेली सम्पर्क समाज काठमाडौको भेला काठमाडौमा सम्पन्न भएको छ । भेलामा गुल्मेली सम्पर्क समाज काठमाडौको टोली र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, उपाध्यक्ष श्री प्रसाद भलामी, पुर्व अध्यक्ष डिल्लीराज भुसाले महोत्सवको बारेमा छलफल गर्नु भएको थियो । छलफलको क्रममा समाजले महोत्सव सफल बनाउन आपफनो तर्फ बाट सहयोग गर्ने बताए । बैठकले जिल्लाका शनिवार बन्द रहने पसलहरु कतिपय व्यापारिहरुले बन्द नगरेको भन्ने सुचना प्राप्त भएकाले पुर्ण रुपमा बन्द गरिदिनुहुन आग्रह समेत गरेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव एबं दास्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । वाणिज्य संघले अनुगमनको क्रममा बन्द नगरेको पाएमा जरिमान समेत गर्ने बताइएको छ । गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ बैशाखमा प्रथम गुल्मी महोत्सव भएको थियो । पहिलो महोत्सवको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो । दोस्रो गुल्मी महोत्सव “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन र व्यापार दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार” एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ सम्पन्न हुदै छ । पहिलो महोत्सवमा १ सय २० स्टलहरु रहेका थिए भने ६ करोड भन्दा बढीको आर्थिक कारोवार भएको थियो भने यस वर्ष १ सय ५० स्टलहरु रहने महासचिव एबं दास्रो गुल्मी महोत्सव सचिवालय संयोजक पोखरेलले जानकारी दिनुभयो । यस वर्ष पनि ५ करोड भन्दा वढी करोबारहुने पोखरेलले जानकारी दिनुभयो । महोत्सव सफल वनाउन यतिबेला गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा मुल समारोह समिती गठन गरिएको छ । समितीको सदस्यमा जिल्लाका बिभिन्न संघ संस्था, पुर्व मन्त्री सभासद लगायत गुल्मी जिल्लाका बिभिन्न तह तप्का व्यत्तिहरु समेत सदस्यमा रहेका छन । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थालहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी गुल्मी महोत्सवको आयोजना गरिएको बाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले वताउनु भयो ।

No comments: