सुशासन कायम गर्न माघ २२ गते प्रतिबद्धता समीक्षा कार्यक्रम हुने
माघ १८–
सुशासन अभियान गुल्मीद्वारा संचालित एलाक डीपी कार्यक्रम अन्तर्गत यही माघ २२ गते प्रतिबद्धता पत्र समीक्षा कार्यक्रम हुने भएको छ । आज बसेको संस्थाको बैठकले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका जिल्ला प्रशासन कार्यालय गुल्मी र मालपोत कार्यालय गुल्मीले प्रतिबद्धता पत्र कार्यान्वयनका विषयमा प्रस्तुतिकरण गर्ने र त्यसको थप प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल हुने संस्थाले जनाएको छ । गत असार ६ गते जिल्ला प्रशासन कार्यालय गुल्मी र मालपोत कार्यालय गुल्मीले कानूनअनुसार गनुपर्ने कार्य यथासमयमै गरी कार्यालयको सेवा प्रभावकारी वनाउने लगायतका विषयमा प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यक्रम अधिकृत हीरा कुँवरले समीक्षा कार्यक्रमको तयारी बारेमा जानकारी गराउनुभएको थियो भने संचालन संस्थाका सहसचिव नरेश भण्डारीले गर्नुभएको थियो । बैठकमा संस्थाका कोषाध्यक्ष माहाशर्मा भण्डारी, सदस्यहरु धनेन्द्र विश्वकर्मा, तारादेवी पौड्याल तथा कार्यक्रम सहायक विष्णु पौडेलको उपस्थिती रहेको थियो ।

No comments: