धारिलो हतियार प्रयोग गरी नवलपरासीमा आज दुई जनाको हत्या ।।
माघ १८–
धारिलो हतियार प्रयोग गरी नवलपरासीका छुट्टाछुट्टै दुई स्थानमा आज दुईजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सोमबहादुर थापाका अनुसार कावासोती नगरपालिका–२ मा मनकामना होटल सञ्चालन गर्दै आएका २८ वर्षिय दिपेन्द्र पाण्डेको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा आज चोरमारा जंगलमा फेला परेको हो । घाँटीमा चक्कु प्रहार गरी हत्या गरेर खोल्सामा फालेको अवस्थामा पाण्डे फेला परेको नायब उपरीक्षक थापाले बताउनुभयो । यसैबीच बञ्जरिया–५ का ४५ वर्षिय बैजनाथ चौधरीलाई आज बञ्चरो प्रहार गरी हत्या गरिएको छ । छिमेकी लिला चौधरीले प्रहार गरेको बञ्चरोबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट गंभिर घाईते भएका चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न चौधरी फरार रहेकाले खोजी कार्य भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

No comments: