"2513058968709111" /> भारत लैजाने लागीरहेका १२ बालबालिका भेटिए - अनिश शर्मा गैरे
Breaking News
recent

भारत लैजाने लागीरहेका १२ बालबालिका भेटिए

माघ २०–
भारत लैजान लागिएको अवस्थामा चितवनको भरतपुरबाट प्रहरीले  शङ्कास्पदरुपमा १२ बालबालिका भेटेर आदर्शगृह पठाएको छ । आफ्नै अभिभावकसहित तीन व्यक्तिले ती बालबालिकालाई भारत लैजान लागेको बताएकाले शङ्कास्पद घटना देखेर अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । तीनजना केही बालबालिकाका आफ्नै अभिभावक भएको बताइएको छ ।
१२ बालकालिकालाई अहिले भरतपुरमा रहेको आदर्शगृहमा राखिएको छ भने बालबालिका लिएर आउने तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको अधिकारीले बताउनुभयो । गएराति भरतपुरको केन्द्रीय बस टर्मिनलमा उनीहरूलाई देखेपछि सोधपुछ गर्दा शङ्का लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.