"2513058968709111" /> स्वस्थानी व्रतकथाको आज साङ्गे हुँदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

स्वस्थानी व्रतकथाको आज साङ्गे हुँदै ।।

माघ २०–
गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज  साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरी लगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १ सय ८ संख्यामा परमेश्वरीलाई चढाउने गर्छन् । एक महिनायता राजधानीबाट १७ किलो मिटर उत्तरपूर्वमा रहेको साँखुमा रहेको शाली नदी किनारमा स्वस्थानी व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि आज विशेष कार्यक्रम गरी साङ्गे गर्दैछन् । संस्कृतिविद् हरिराम जोशीका अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपाल भाषामा जयन्तदेवले स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.