"2513058968709111" /> गुल्मीको कुर्घामा छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगीताको सम्पूर्ण तयारी पूरा - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको कुर्घामा छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगीताको सम्पूर्ण तयारी पूरा

अनिश गैरे, वामी गुल्मी
माघ २०–
जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगिता त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा भोलि अर्थात माघ २१ गते देखि सञ्चालन  हुन लागि रहेको छ । उक्क्त छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगिताको लागि  जिल्लाका ३ वटै क्षेत्रबाट करिब २ सय, ५० विद्यालयका सहभागी विद्यार्थीहरु कुर्घामा आउने क्रम जारी रहेको जिल्ला खेलकुद बिकास समिति गुल्मीले जनाएको छ ।भने उता त्रिभुवन उच्च माध्यमिक बिद्यालयले पनि उक्क्त प्रतियोगितालाई मध्यनजर गदै जिल्लाका ३ वटै क्षेत्रबाट आउने सहभागि विद्यालयहरुका सहभागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको विद्यालय श्रोतले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन बिद्यालयले १३ उपसमितिको गठन समेत गरेको छ ।  जिल्लाका ३ वटै क्षेत्रबाट क्षेत्रीय छनौट प्रतियोगितामा  विभिन्न खेलबाट प्रथम,द्धितीय,र तृतीय भएका विद्यालयहरुका सहभागि विद्यार्थीहरु छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगितामा समावेश हुदै छन् । प्रतियोगितामा छात्र÷छात्रा हरुका भलिवल,छोटो तथा लामो दौड,लङ्गजम्प,हाईजम्प,सठफुट,त्रिपलजम्प,ज्याभलिन थ्रो प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष गोविन्द्र बहादुर वि.क.ले जानकारी दिनुभयो ।  प्रतियोगिता २२ गते सम्म सञ्चालन हुने अध्यक्ष वि.क.ले जानकारी दिनुभयो । जिल्ला स्तरीय फाईनल प्रतियोगिताको प्रत्यक्ष अबलोकन गर्न पाउने भएपछि स्थानीयबासीन्दाहरु ह्र्षित भएका छन् । भने कुर्घाको भुवाचिदीबजारमा मानिसहरुको चहलपहल बढ्नुका साथै व्यापारमा समेत वृद्धि आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.