"2513058968709111" /> गुल्मीको क्षेत्र न १ अन्र्तरगतको छैठौ राष्ट्रपति रनिङ्सिल्डको क्षेत्रीय छनौट प्रतियोगिता कुर्घामा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको क्षेत्र न १ अन्र्तरगतको छैठौ राष्ट्रपति रनिङ्सिल्डको क्षेत्रीय छनौट प्रतियोगिता कुर्घामा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
माघ २०–
जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा क्षेत्र नम्बर १ अन्र्तरगतको छैठौ राष्ट्रपति रनिङ्सिल्डको  क्षेत्रीय छनौट प्रतियोगिता श्री त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा आज समापन गरिएको छ । गुल्मी क्षेत्र नं. १ अन्तर्गत त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा सञ्चालन गरिएको क्षेत्रीय छनौट प्रतियोगितामा जिल्लाको क्षेत्र नं. १  र क्षेत्र नम्बर २ गरी १५ विद्यालयहरुको सहभागिता रहेको थियो । उक्क्त क्षेत्रीय छनौट प्रतियोगिताबाट सम्पूर्ण खेल तालिका अनुसार  प्रतियोगिताबाट १८८ अंक सहित त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घा प्रथम, १२० अंक सहित महेन्द्र आर्दश उच्च माध्यमिक विद्यालय वामी द्धितीय, र ७७ अंक सहित भानु इङ्लिस बोडिङ स्कुल हर्राचौर तृतीय,भएका छन् ।त्यस्तै अनुशासन तर्फ शारदा विद्या मन्दिर माध्यमिक विद्यालय  उत्कृष्ट भएको छ । कार्यक्रममा विजेता विद्यालय एवं सहभागी विद्यार्थीहरुलाई तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई  समेत  सम्मान पत्रले सम्मान गरिएको थियो । उक्क्त क्षेत्रीय छनौट प्रतियोगिताबाट प्रथम,द्धितीय,र तृतीय हुने सहभागीहरुले भोली देखि अर्थात माघ २१ र २२ गते सोही त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा हुन लागि रहेको जिल्ला स्तरीय छैठौ राष्ट्रपति रनिङ्सिल्ड प्रतियोगितामा  सहभागि भई  प्रतिस्पर्धा  गर्ने  जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष गोविन्द्र बहादुर वि.क.क जानकारी दिनु भयो । गत माघ १८ गते देखि श्री त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा सञ्चालन भएको  प्रतियोगितामा भलिवल, छोटो तथा लामो दौड,लङ्गजम्प,हाइजम्प, त्रिपलजम्प,सठफुट, ज्याभरिन थ्रो कार्यक्रममा १५ विद्यालयका छात्रा÷छात्रहरुको  सहभागिता  रहेकोे थियो । बरिष्ठ चन्दादाता कृष्ण बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घाका प्राचार्य राम बहादुर थापाले शुभकामना मन्तव्य दिनुभएको थियो । जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष गोविन्द्र बहादुर वि.क.को अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद बिकास समिति गुल्मीका सदस्य  नवराज खरेलले गर्नु भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.