"2513058968709111" /> प्रेम दिवसका दिन पत्नीको वियोगमा आत्महत्या - अनिश शर्मा गैरे
Breaking News
recent

प्रेम दिवसका दिन पत्नीको वियोगमा आत्महत्या

फाल्गुण ०२–
पत्नीको मृत्यु भएपछि पीडा सहन नसकेर मोरङको नोचा–३ का ७० वर्षीय छगुरी मण्डलले आत्महत्या गरेका छन् । पत्नी ६० वर्षीय कैलीदेवी मण्डलको मृत्यु भएपछि छगुरीले सनपाटको डोरीको पासो लगाएर शनिबार विहान आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
कैलीदेवी लामो समयदेखि दमकी रोगी थिइन । चिसोमा दमले पत्नीको मृत्यु भएको पीडा सहन नसकेर पतिले आत्महत्या गरेको निष्कर्श निकालिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुवँरले बताए ।
आफन्त र स्थानीयले कैलीदेवीलाई शनिबार विहान सुतेकै ठाउँमा मृत फेला पारेका थिए पति छगुरीलाई पत्नीको शव नजिकै झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
स्थानीय बासिन्दा र आफन्तका अनुसार शुक्रबार राति खान खाएर मण्डल दम्पत्ती सुतेका थिए । कैलीदेवीको सुतेकै ठाउँमा मृत्यु भएपछि छगुरीले आत्महत्या गरेको हुनसक्ने स्थानीय बासिन्दाले बताए ।
पत्नीलाई  ओछ्यानमा र पतिलाई नजिकै झुन्डिएको अवस्थामा मृत फेला पारेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । कैलीदेवी र छगुरी सन्तानविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुका नाममा सम्पत्ती र जायजेथा नभएको प्रनि कुवँरले जनाए ।
दाजुभाइसँग जग्गा विवाद भएपछि सिसवनीजहदा–३ का मण्डलदम्पत्ती नोचा–३ स्थित ससुरालीले दिएको घर र जग्गामा २० वर्षदेखि बस्दै आएका थिए । दाजुभाइसँग विवाद भएपछि सालो नत्थु चौधरीले दिदी भिनाजुलाई घर जग्गा दिएर २० वर्षदेखि राखेको स्थानीय बासिन्दाले बताए ।
 ‘दिदी पहिल्यैदेखि दमकी रोगी हुनुहुन्थ्यो,’ चौधरीले भने, ‘यसमा भेनाजु चिन्तित बन्नुभएको थियो । उहाँ सधँै चिन्ता व्यक्त गर्नु हुन्थ्यो ।’ दिदीको उपचारका क्रममा धेरै पैसा सकिँदा पनि ठीक नभइ मृत्यु भएपछि पत्नीको साहारा गुमाएको पीडा सहन नसकेर भेनाजुले आत्महत्या गरेको उनले बताए ।
घटनास्थलबाट कैलीदेवीले कोसी अञ्चल अस्पताल विराटनगरबाट दमको उपचार गरेको कागजपत्र फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएुसपी प्रभुप्रसाद ढकालले बताए ।
डीएसपी ढकालले घटनास्थलमा कुनै शंकास्पद कुरा नभेटिए पनि घटनाको थप अनुसन्धान थालिएको जनाए । ‘घटनामा कसैको पनि संलग्नता देखिंदैन । घटना शंकास्पद पनि छैन,’ उनले भने, ‘पत्नीको मृत्युपछि एक्लो भएर आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।’
मृतक दुबैको शव जिल्ला अस्पताल रंगेलीमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.