"2513058968709111" /> आज प्रणय दिवस एक आपसमा माया तथा सदभाब साटी मनाईदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज प्रणय दिवस एक आपसमा माया तथा सदभाब साटी मनाईदै ।।

फाल्गुण ०२–
आज फेबु्रअरी १४, प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । एक आपसमा माया प्रेम र सद्भाव साट्दै नेपाल लगायत विश्वभर यो दिवस मनाईदै छ । विशेषगरी युवायुवतीहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर प्रणय दिवस मनाउँदैछन् । प्रेम दिवसका अवसरमा खासगरी शहरी क्षेत्रमा युवायुवती एक आपसमा रमाईलो गर्दै माया साटासाट गर्ने गरेका छन् । ईसापूर्व ३ सय ५० तिर रोमका शासकले आफ्ना सैनिक बिहे गरेपछि कमजोर बन्ने र देशका लागि लड्न नसक्ने भन्दै बिहे गर्नबाट बञ्चित गरेको प्रशंग भ्यालेन्टाईन डे सँग जोडिएको छ । तत्कालीन शासक क्लाउडियसको उक्त तानाशाही प्रवृत्तिको विरोधमा सैन्य जवानहरुलाई जोडी खोजिदिएर चर्चमा बिहे गराईदिने सन्त भ्यालेन्टाइनलाई शासकले मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । यसैबिच फेब्रुअरी १४ अर्थात् प्रेम दिवस मनाउने प्रेमी जोडीहरुको उचित गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु बन्न थालेका छन् । राजधानी काठमाण्डौका कतिपय स्थानहरुमा प्रेम जोडीहरुलाई निषेध गरेपछि केही वर्षदेखि राजधानीका युवायुवतीहरुले काभ्रेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने उचित थलोको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । राजधानीबाट नजिक काभ्रेका सुनसान ठाउँहरु सदरमुकाम धुलिखेल स्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिडी, पनौतीको त्रिवेणी घाट, नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, नगरकोट लगायत पर्यटकीय र शान्त स्थलहरुमा प्रेम दिवस मनाउन राजधानीबाट प्रेम जोडी आउने क्रम निकै बढेको छ । त्यस्तै बनेपा, धुलिखेल, पनौती लगायतका मुख्य–मूख्य बजार क्षेत्रमा रहेका गिफ्ट पसलहरुमा बिहानैदेखि पोष्टकार्ड, प्रेम अङकित कप, खेलौना, गुलाफको फुल जस्ता समानहरु किन्ने प्रेमीहरुको घुइचो देखिन्छ । फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रेका सविच भेषबहादुर दनुवारका अनुसार प्रेम दिवसका लागि राजधानीबाट दुई हजार गुलाबको फुल काभ्रे भित्रिएको छ । आज मात्रै जिल्लामा उत्पादित र आयात गरिएका झण्डै ८० हजार मूल्य बराबरको गुलाफ बिक्री हुने सचिव दनुवारले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.