सर्लाहीमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो भीडन्त, एक हतियारधारी मारिए ।।
फाल्गुण ०२–
सर्लाहीमा प्रहरीसँगको भीडन्तमा एक जना हतियारधारी मारिएका छन् । अञ्चल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष गस्ती टोलीसँग सर्लाहीको खैर्बा बहोरवा गाविस ९ मा हतियारधारी समूहबीच गोली हानाहान भएको हो । भीडन्तमा प्रहरीले हानेको गोली लागी हतियारधारी समूहका रौतहटको पिपरा गाविस वडा नम्वर ८ बस्ने ४० वर्षीय छटु सहनीको ज्यान गएको सर्लाहीका प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिनुभयो । गोली लागी गम्भीर घाईते भएका सहनीको गएसाँझ उपचारका लागी सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालमा उपचार गर्न ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सहनीको शव पोष्टमार्टमा लागी अस्पतालमै राखिएको छ । समूहमा रहेका हतियारधारी व्यक्तिहरु सर्लाहीमा अपराधिक घटना घटाउन जिल्ला प्रवेश गरेको हुन सक्ने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । प्रहरीले घटना स्थलबाट एक थान चाईनिज पेस्तोल, एक थान नलकटुवा बन्दुक र तीन राउण्ड गोली बरामद गरेको छ । प्रहरी सँगको भीडन्तमा मारिएका सहनी सर्लाही र रौतहटमा भएका विभिन्न अपराधीका घटनामा संलग्न रहेका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । सहनी सहितको हतियारधारी समूहले २०६७ सालमा सर्लाहीको भवानीपुर गाविसमा प्रहरीसँगको मुठभेडमा प्रहरीलाई घाईते बनाई प्रहरीसँग भएको हातहतियार लुटेर लगेका थिए । यस्तै सर्लाहीको धनगढा गाविसमा रहेको जनता माध्यमिक विद्यालयको प्रसासनिक कोठामा अज्ञात समूहले आगो लगाइदिएको छ । आगोबाट विद्यालयको महत्वपूर्ण सबै कागजातहरु जलेको छ भने एउटा भवन पनि जलेको छ । विद्यालयमा केही दिनदेखि शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति चयन लगायतको विषयमा विवाद रहेको स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

No comments: