एमाओवादी नेताहरु गाउँ गाउँमा प्रशिक्षण दिदै
प्रेम सुनार, गुल्मी
माघ २८–
आन्दोलनका लागि पश्चिम व्युरो सम्हालेका एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर वावुराम भट्टराईद्धारा हालै वुटवलबाट प्रशिक्षण लिएर फर्किए लगत्तै सो पार्टीका गुल्मी जिल्ला नेताहरु कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आज देखि गाउँ गाउँमा पुगेका छन् । आज पहिलो दिन जिल्लाको तिन वटै क्षेत्रका तिन वटा ईलाकाबाट प्रशिक्षण दिईने र आन्दोलन चर्काउन जन परिचालन समिति गठन गरिने एकिकृत नेकपा माओवादी गुल्मी जिल्ला अध्यक्ष सुदर्शन वरालले बताए । उनका अनुसार आज क्षेत्र नम्वर १ को ४ नम्वर ईलाका बैठक एवं प्रशिक्षण कार्यक्रम मजुवामा हुँदै छ । क्षेत्र नम्वर २ को ईलाका नम्वर ६ को बैठक र प्रशिक्षण हर्दिनेटामा र क्षेत्र नम्वर ३ को १० नम्वर ईलाका स्तरिय प्रशिक्षण दार्लिङ्गमा हुँदै छ । दार्लिङ्गमा भएको १० नम्वर ईलाका स्तरिय बैठक एवं प्रशिक्षण कार्यक्रममा जिल्ला सचिवालय सदस्य निमबहादु पाण्डेको प्रमुख आतिथ्यता रहेको छ । प्रशिक्षण दिदै पाण्डेले जनमुखी र अग्रगामी संविधान कांग्रेस एमालेले बनाउन नदिएको आरोप लगाउँदैं गरिव र सदियौं देखि पछाडी पारिएका वर्ग र समुदाय सवैलाई सडकमा उतार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । प्रशिक्षण पछि जन परिचालन समिति गठन गरिने ईलाका ईन्चार्ज भुपाल पोखरेलले जानकारी दिए । कार्यक्रममा जिल्ला सचिवालय सदस्य ज्ञानबहादुर बुुढा मगरले पनि प्रशिक्षण दिएका थिए । १० नम्वर ईलाका ईन्चार्ज भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्लिङ्गका ईन्चार्ज चित्रबहादुर श्रीस्को स्वागत कार्यक्रम र जिल्ला सदस्य प्रेमप्रकाश भट्टराईको सञ्चालन रहेको थियो ।

No comments: