प्रेम दिबश
NARESH ANJAN GC.
भ्यालेन्टाइन डेु आउन अब एक हप्ता पनि बाँकी छैन । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने यो प्रेम उत्सव युवापुस्ताका लागि स्वर्गीय आनन्द प्राप्त गर्ने अवसर बन्ने गरेको छ। हप्तौं अघिदेखि नै काठमाडौंका गल्ली तथा चोकहरूमा यसको रौनक छाइसकेको छ। विभिन्न होटल, रिसोर्ट एवं रेस्टुरेन्टहरूले भ्यालेन्टाइन प्याकेज प्रस्तुत गरिरहेका छन्। भ्यालेन्टाइन डेको चहलपहलले आमयुवाको मनमुटुमा एक खालको तरङ्ग नै
पैदा गरिदिएको छ। प्रेमको प्रतीक प्रणय दिवसको सुरुआत रोमबाट भएको हो। सन्त भ्यालेन्टाइनको मृत्युसँगै
यो दिवस मनाउन थालिएको हो । प्रेमका लागि प्राण त्याग्न तयार उनको सम्झनामा हरेक वर्ष यो दिनलाई
भ्यालेन्टाइन डेका रूपमा मनाइँदै आएको छ। प्रेमलाई चिन्ताबाट मुक्ति दिलाउने अचुक औषधीका रूपमा पनि लिइन्छ। हरेक प्राणी जगत्मा प्रेम अत्यावश्यक र अनिवार्य मानिन्छ। विपरीत लिङ्गीबीचको प्रेम
मात्र प्रेम नभई एक अर्काप्रति गरिने सद्भाव, माया र आदर पनि प्रेम नै हो। भ्यालेन्टाइन कला भ्यालेन्टाइन डेलाई रोमाञ्चक एवं अविस्मरणीय बनाउन केही अचुक सूत्र पालना गर्नु आवश्यक छ। भ्यालेन्टाइन डे मनाउने
क्रममा जोसमा होस गुमाएर पछुताउनेहरू मात्र होइन, पहिलो प्रस्तावमै फेल खानेहरू समेत थुप्रै छन्।
सानोतिनो कमजोरीले पनि कायम सम्बन्धलाई सुमधर बनाउनुभन्दा त्यसमा फाटो ल्याउने काम मात्र गर्न सक्छ। त्यस कारण आफ्ना प्रेमीर प्रेमिकाको मन जित्न र विश्वासी बन्न भ्यालेन्टाइन कला जान्नु अनिवार्य छ, जसले आपसी निकटता नङमासुझैं बन्न सहयोग पुग्छ। आफ्नो साथीसमक्ष भ्यालेन्टाइन डे मनाउन राखेको प्रस्ताव अस्वीकृत भएको खण्डमा एकैपटक रिसाइ नहाल्नुहोस्, किनभने उसले तपाईंको छड्के चेक
गरेको हुनसक्छ। सकेसम्म मायालु शब्द प्रयोग गर्दै रिक्वेस्ट गर्नुहोस्। भेट हुनासाथ माया डिनर दिन हतार गर्नु हुँदैन। भ्यालेन्टाइन सरप्राइज दिंदा महँगोभन्दा पनि आकर्षक, रोमान्टिक र प्रेमभाव झल्किने उपहार किन्नु उत्तम हुन्छ। सँगै बसेर खाँदा वातावरणलाई सकभर प्रेममय बनाउनुहोस्। जीवनका हरेक दुःख कष्टलाई चटक्कै बिर्सनुहोस्। प्रेममय बनाउने धुनमा उत्तेजित भै साथीको आग्रहविपरीत रोमान्स गर्नतिर नलाग्नुहोस्।
आफ्नी साथी पनि रोमान्सकै लागि भ्यालेन्टाइन डे मनाउन आएकी हुन्, त्यसैले बिस्तारै रोमान्समा होमिनु
स्वादिलो हुन्छ। दुवैले एक अर्काको आँखाको इसारा बुझ्नु अत्यावश्यक छ। इसाराबाटै रोमान्सको उदय हुन्छ।
दम्पतीलाई टिप्स
भ्यालेन्टाइन डे टिनएजर तथा प्रेमीर प्रेमिकाहरूले मात्र मनाउने पर्व होइन, यसलाई दम्पतीले पनि उत्तिकै
महत्वका साथ मनाउन सक्छन्। यसले दाम्पत्य जीवनलाई थप निकट, सुखद एवं रोमाञ्चक बनाउँछ।
यसका लागि विभिन्न उपाय अपनाउन सकिन्छ। जस्तै दम्पतीले मिठासपूर्ण प्रेममय वातावरणमा डिनर खानु,
हल्का वाइन र पेय पदार्थ लिई मुडफ्रेसु हुनु जसले दुवै जनाको मुहारमा मायाको प्रतिविम्ब झल्किन्छ र
मायामा डुबुल्की मार्न सघाउ पुग्छ। भ्यालेन्टाइनको रातलाई अझ रोमाञ्चक र रोमान्समय बनाउन सुगन्धित तेलले एक९ अर्काको मसाज गर्दा पनि आपसी सम्बन्धमा न्यानोपन छाउँछ। दम्पतीले भ्यालेन्टाइन डे
मनाउन एक९अर्कालाई व्यक्तिगत उपहार पनि दिन सक्छन्। यसका लागि आफ्ना पुराना रोमान्टिक
नोटहरू, फोटो एल्बम, निजी अविस्मरणीय क्षणहरू समेटिएको डायरीजस्ता व्यक्तिगत उपहार एक९अर्कालाई दिएर पनि भ्यालेन्टाइन अर्को भनेको मीठा परिकार एक९अर्कालाई आफैंले बनाएर ख्वाउन सकिन्छ।
यसले निकटता मात्र नभएर एक९ अर्कामा क्षमता दर्साउन पनि सघाउ पुग्छ। त्यस्तै जीवनका लक्ष्यलाई
सफलतासँग दाँजेर मिठासपूर्ण वातावरणमा न्यानो माया दिएर पनि भ्यालेन्टाइन डे मनाउन सकिन्छ। अरू बेला डाडुपन्यु र कुचो खाएको कुरालाई चटक्कै बिर्सेर एक अर्काको मायामा तैरिनुपर्छ, जसले सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ र प्रगाढता छाउनेछ।

No comments: