"2513058968709111" /> हुम्लाको हिम पहिरोमा परि २ युवा बेपत्ता ।।। - अनिश शर्मा गैरे
Breaking News
recent

हुम्लाको हिम पहिरोमा परि २ युवा बेपत्ता ।।।

माघ २४–
हुम्लामा भएको हिमपातले हिउ पहिरो जादा २ जना युवा बेपत्ता भएका छन् । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ७ कोष टाढा पर्ने ठेहे गाविस वडा नं. ८ दोजाम गाउँका २७ बर्षिया फाग लण्डुप लामा र वडा नं. ९ दोजाम का ३५ बर्षिया भियाल लामा वेपत्ता भएका हुन् । माघ १९ गते देखि परेको हिउ यस बर्षकै सबै भन्दा ठुलो हिमपात थियो । सोही हिमपातका क्रममा दोजाम गाउ देखिमाथि रहेको चौपाटे भन्ने बनमा कामको सिलसिलामा जानेक्रममा यही माघ २२ गते माथिबाट आएको हिउ पहिरोमा परि २ जना युवा बेपत्ता भएको स्थानिय वासिले बताएका छन् । उनिहरुको खोजि कार्य भईरहेको जिल्लाका प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक कृष्ण बहादुर कुवँरले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.