बाकेमा घुस लिदै गर्दा प्रहरी नायब निरिक्षक अख्तियारको फन्दामा ।।
माघ २४–
बाँकेका प्रहरी नायव निरिक्षक सुमन खरेल घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएराती नेपालगञ्जस्थित एक रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो । आयोगको कोहलपुरस्थित सम्पर्क कार्यलयबाट गएको टोलीले उनलाई २५ हजार घुससहित पक्राउ गरेको जनाएको छ । मुद्धा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट घुस लिदै गर्दा पक्राउ गरेको आयोगले जनाएको छ । आयोगका अनुसार खरेलले घुस लिने गरेको गुनासो बढेपछि उनलाई केहिदिनदेखि निगरानीमा राखिएको थियो ।

No comments: