"2513058968709111" /> मानिसको स्वधर्मनै शान्ति – ब्रह्मकुमारी कमला, वामीमा भवन निर्माणको लागी १३ लाख सहयोग संकलन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मानिसको स्वधर्मनै शान्ति – ब्रह्मकुमारी कमला, वामीमा भवन निर्माणको लागी १३ लाख सहयोग संकलन ।।

कमल पौडेल, खर्बाङ् बाग्लुङ्
माघ २४–
ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय पश्चिम क्षेत्रिय उपनिर्देशिका राजयोगीनि, बालब्रह्मचारी, ब्रह्मकुमारी कमला ले मानिसको स्वधर्म शान्ति भएको वताउनु भएको छ । आज गुल्मीको वामीटक्सारमा रहेको ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रको भवन शिलन्यास कार्यक्रममा सम्वोधन गर्दै कमलाले इश्वरीय भक्तिभावले मानव सभ्यता वाँच्ने वताउनु भएको छ । उहाँले आज जनकल्याण गर्नुभनेको भोलीको वचत हो भन्दै मानिस व्याक्तिगत स्वार्थवाट माथि उठी विचार परिवर्तन गर्न सके संसार नै शान्त हुने वताउनु भएको छ । कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय गुल्मी क्षेत्रकी संचालीका ब्रह्मकुमारी सिमा, निवर्तमान वामी गाविस अध्यक्ष तथा रुद्रावति वहुमुखि क्याम्पस वामीटक्सारका संचालक समितिका अध्यक्ष महेश वहादुर जि.सि., महेन्द्र आदर्श उच्च माविका श्रोत व्याक्ति टंक नाथ भण्डारी, महेन्द्र आदर्श उच्च माविका प्राचार्य भिमलाल सापकोटा, ९२ वर्षिय व्रह्मकुमार पञ्चमसिंह, नेपाली काँग्रेस वामीका सचिव तेजिन्द्र वहादुर जि.सि., नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, एकिकृत नेकपा माओवादीका जिल्ला सल्लाहकार सदस्य बसन्त कार्कि, उद्योग वाणिज्य संघ वामीका अध्यक्ष शुदर्शन शाक्य, ब्रह्मकुमारी इश्वरीय विद्यालय क्षेत्रिय कार्यालय वुटवलका सचिव तथा कार्यक्रम संयोजक ब्रह्मकुमार नरेन्द्र, परासि शाखाका संचालिका ब्रह्मकुमारी मिरा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष भुवन केसिको अध्यक्षता, ब्रह्मकुमारी इश्वरिय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र वामीकि संचालिका व्रह्मकुमारी सविताको स्वागत मन्तव्य, कुमारी रोजिना श्रेष्ठको स्वागत नृत्य तथा भवन निर्माण समितिका सचिव गोपिकृष्ण खरेलको संचालनमा सम्पन्न भएको थियो ।
वामी गाविस वडा नं. १ मा रहेको वुद्ध विहार को नजिकै संस्थाको आफ्नै जग्गामा भवन निर्माण हुन लागेको हो । आजको कार्यक्रममा भवन निर्माणको लागी भूमि दान गर्नुहुने भुवन केसि, वसन्त कार्कि, लेखनाथ सापकोटा, हरिहर सापकोटा र राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । उहाँहरुले ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र निर्माणार्थ संयुक्त रुपमा २ रोपनी जग्गा हस्तान्तरण गर्नु भएको थियो । त्यस्तैभवन निर्माणको लागी आजको कार्यक्रममै विभिन्न सहयोग दाताहरुले झण्डै १३ लाख रुपैयाँ सहयोग बोल गर्नुभएको छ । जसअनुसार सवै भन्द वढि वामी २ निवासी देविराम सापकोटाले २ लाख १ हजार पाँच सय सहयोग गर्नुभएको छ । त्यस्तैबोम वहादुर जिसि वाट १ लाख ५१ हजार, सितला केसि हाल अमेरीका वाट १ लाख १ हजार, मैना श्रेष्ठ वामी १ वाट १ लाख १ हजार, सारदा श्रेष्ठले १ लाख ५ सय, वामी २ का वसन्त कार्कि वाट ५१ हजार, सुमित्रा श्रेष्ठवाट ५० हजार, दयाशाक्य परिवारवाट ३० हजार, प्रकाश काफ्ले ३० हजार, भुवन केसि २५ हजार, वामी १ निवासी धर्मेन्द्र कुमार मल्ल वाट २५ हजार ५ सय, चुरामणि सापकोटा वाट २१ हजार, प्रेम केसि वाट २१ हजार,  हरि प्रसाद सापकोटावाट ११ हजार १ सय, वामी २ निवासी वेग प्रसाद शाक्य वाट १० हजार ५ सय, कुल राज शर्मा भुवाचिदि वाट १० हजार ५ सय, शुदर्शन शाक्य वाट १० हजार एक सय एक, कृष्णहरी सापकोटा वाट १० हजार १ सय १, हरिहर सापकोटावाट १० हजार १ सय, गोपाल प्रसाद बौद्धाचार्य वाट १० हजार एक सय, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय बुटवल शाखावाट ५१ हजार, तम्घास शाखावाट ५० हजार, खैरेनि शाखा २५ हजार, कपिलवस्तु शाखावाट २१ हजार, परासीशाखावाट २१ हजार, मुर्गिया शाखावाट १५ हजार,  मंगलपुर शाखावाट १५ हजार, शान्तिपुर शाखा १० हजार लगाएतले सहयोग रकम हस्तान्तरण तथा वोल कवुल गर्नुभएको छ । भवन निर्माण संगै राजयोग प्रशिक्षणको लागी स्थानियलाई सहज हुने छ भने सत्चरित्र निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ । भवन निर्माण समितिले २ वर्ष भित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.