ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय वामी शाखाको भवन एक कार्यक्रमका बिच शिलन्यास ।।
अनिश गैरे, वामी गुल्मी
माघ २४–
ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय वामी शाखाको भवन शिलन्यास गरिएको छ । भबनको शिलन्यास गर्दै, कार्यक्रमका प्रमुख अतिथि ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय पश्चिम नेपालका सहनिर्देशक राजयोगीनी ब्रह्कुमारी कमला दिदिले यस ठाँउमा ईश्वरीय ज्ञानको बिजारोपण गर्नुपर्छ भन्दै आध्यात्मिक ज्ञानको ज्योती फैलाउन पर्ने बोध गर्दै करिब ६ बर्ष अघि स्थापित भएको शाखाको भवन निर्माण गर्नको निशुल्क रुपमा जग्गा तथा चन्दा सहयोग गर्नुहुने जग्गा तथा चन्दादातालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै उहाँले ईश्वरीय ज्ञान मानिसको तेश्रो आँखा भएको भन्दै आध्यात्मिक ज्ञानले सबैलाई शान्ती प्रदान गरेकोे बताउनुभएकोे थियो ।
सोही अबसरमा नेपाली काङ्ग्रेस गाँउ कार्य समिति वामीका सचिब तेजेन्द्र बहादुर जीसी, नेकपा एमाले वामी गाँउ कमिटिका अध्यक्ष नारायण सापकोटा, एमाओबादी जील्ला कार्या समिति सल्लाहकार सदस्य बसन्त कार्की, रुद्राबति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष महेश जी.सी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी, महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटा, उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य, ब्रह्मकुमार पञ्चमसिँह, गुल्मी क्षेत्रकी सञ्चालीका सीमादिदि, क्षेत्रीय कार्यालयका सचिब नरेन्द्र भाई, समाजसेबी प्रेम बहादुर खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही अबसरमा जग्गादाताहरु वामी ३ निबासी भुवन केसी, सोही गाबिस वडा नम्बर २ निबासी बसन्त कार्की, लेखनाथ सापकोटा, हरिहर सापकोटा, तथा राजकुमार श्रेष्ठलाई सहयोगको उच्च मुल्याङ्न गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेबी, ब्यापारी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बिशेष उपस्थिती रहेको थियो । राजयोग भवन निर्माण समितिका अध्यक्ष भुवनकेसीको अध्यक्षता, वामी शाखाका ब्रह्मकुमारी सबिताको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सदस्य गोपी कृष्ण खरेलले गर्नुभएको थियो । साथै सोही अबसरमा उक्त भवन निर्माणको लागी बिभिन्न ब्यक्ति हरुबाट झण्डै १२ लाख रकम आर्थिक रकम सँकलन भएको सदस्य तेजेन्द्र बहादुर जीसीले जानकारी दिनुभयो । कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ्, रुपन्देही, नवलपरासी, कपिलबस्तु लगायतका शाखाहरुका प्रमुख एबम प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

No comments: