"2513058968709111" /> छैठौ जिल्ला स्तरीय राष्ट्रपनि रनिङ्सीलमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान ।। - अनिश शर्मा गैरे
Breaking News
recent

छैठौ जिल्ला स्तरीय राष्ट्रपनि रनिङ्सीलमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान ।।

अनिश गैरे , वामी गुल्मी
माघ २३–
बिहिबार सम्पन्न भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्सिल प्रतियोगीतामा उत्कृष्ट हुने महेन्द्र आदर्श उमाबि वामीटक्सारबाट सहभागी खेलाडीहरुलाई सम्मान गरिएको छ । बिद्यालयलाई जिल्ला द्धितिय बनाउन सफल भएको भन्दै कार्यक्रममा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्तममा एथ्लेटिक्स तर्फ जील्ला प्रथम हुन सफल बिद्यार्थी सञ्जय केसी लगायत बिद्यार्थीहरुलाई सम्मान गरीएको छ । त्यस्तै बिक्रम राना, ओम बहादुर नगरकोटी, सञ्जय बिक, कमल केसी, शैलेश केसी, असोक राना, सागर बोहोरा, बाबुराम परियार, कमल खत्री, सुमन सिङ्जाली सम्मानीत भएका छन । यसैगरी छात्रा तर्फ सुजता केसी ,श्रृष्टि राना, कृष्ण राना, अस्मिता खत्री, यशोदा भट्टराई, सपाना पुनलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै गरी बिद्यालयलाई जिल्ला द्धितिय बनाउन अहोरात्र खटिएको भन्दै बिद्यालयका शिक्षक द्धोय नन्दाराम सापकोटा तथा नबीन कक्षपतिलाई पनि बिशेष मायाको चिनो, दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगीताबाट बिद्यालयलाई प्राप्त शिल्ड सहित बिभिन्न नारा लगाई बजार परिक्रमा समेत गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभाबहक संघका पदाधिकारीहरु, शिक्षाप्रेमी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थमणि काफ्लेको सभापतित्व, रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्राचार्य देबिराम शर्माले गर्नुभएको थियो ।
यस्तै नेपाल राष्ट्रिय त्रिभुबन माद्यामिक बिद्यालय मुसीकोटमा पनि छैठौ राष्ट्रपनि रनिङसिल प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको सभापत्वि रहेको कार्यक्रममा मुसीकोट गबसिका निबर्तमान अध्यक्ष अर्जुन सिँह ठकुरीको प्रमुख आत्थियता रहेको थियो । बिद्यालयले लङ्जम्प, भलिबल, दौड, ज्याबलिन थ्रो लगायतका कार्यक्रममा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा मुसीकोट गबसि सहायक गोपाल नेपाली, बिद्यालयका शिक्षक सुरेन्द्र नेपाली, तथा बिद्यालयका प्राद्यानाध्यापक तेज बहादुर महतले बधाई सहित मन्तब्य ब्यक्त गर्नुभएको थियो । बिद्यालयका शिक्षक बोम बहादुर परियारको स्वागत मन्तब्य रहेको कार्यक्रममको सञ्चालन बिद्यालयका शिक्षक कौरब खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.