१७ सहसचिवलाई सचिवमा बढुवा ।।
माघ २२–
मन्त्रिपरिषदको आजको बैठकले १७ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आजको बैठकले सहसचिवहरुको बढुवा र पदस्थापन गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनु भयो । यसअघि लोकसेवा आयोगका अध्यक्ष कयोदेवी यमी नेतृत्वको बढुवा सिफारिस समितिले सचिव पदमा बढुवाका लागि ४२ जना सहसचिवको नाम सिफारिस गरेको थियो । उनीहरुमध्ये सुनिलबहादुर मल्ललाई सूचना तथा सञ्चार मन्त्रालयमा, विजयकुमार मल्लिकलाई मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा, ईश्वरीप्रसाद पौडेललाई जल तथा उर्जा आयोगमा र रमेशकुमार शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रमा जिम्मेवारी तोकिएको छ । यसैगरी दिनेशकुमार थपलीया पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा, खुमराज पुन्जाली शान्ति मन्त्रालयमा, प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्नु भएको छ ।
No comments: