"2513058968709111" /> कुर्घामा सञ्चालीत राष्ट्रपति रनिङ्सिल्डमा ५ लाख भन्दा बडिको सहयोग सँकलन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कुर्घामा सञ्चालीत राष्ट्रपति रनिङ्सिल्डमा ५ लाख भन्दा बडिको सहयोग सँकलन ।।

प्रेम सुनार  गुल्मी
गुल्मीमा पहिलो पटक सदरमुकाम बाहिरको ग्रामिण वस्तीमा हिजो देखि सुरु भएको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई कुर्घा, वामी , आँपचौर  र बडागाउँवासीले आर्थिक सहयोग गरेर भव्य बनाएका छन् । त्रिभुवन उच्च माध्यामिक विद्यालय कुर्घा–५ , भुवाचिदीले प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी पाए पछि बडागाउँ –२ को ग्वादीकाचौरमा चलिरहेको प्रतियोगितामा हाल सम्म ५ लाख भन्दा बढि रकम  चन्दा संकलन भएको त्यस विद्यालयका प्राचार्य रामबहादुर थापाले बताए । उनका अनुसार त्यस विद्यालयका पुर्व विद्यार्थी , शिक्षक र शुभेच्छुकहरु मध्ये बिशिष्ट चन्दादाताका  रुपमा बडागाउँ–दाहचौर घर भई हाल हङकङमा कार्यरत वावुराम पछाई र उनका परिवारजनलाई सम्मान गरिएको छ । उनले ३६ हजार रुपैयाँ चन्दा प्रदान गरेका थिए । त्यस्तै चितवनको भरतपुर बसाई सराई गरेका त्रिभुवन उच्च मावि, भुवाचीदीका पुर्व विद्यार्थी घनश्याम शर्माले वेल्जियमबाट ३१ हजार , कुर्घा–५ भुवाचिदीका समाज सेवी कृष्णबहादुर रायमाझीले ३० हजार, त्यस विद्यालयका प्राचार्य रामबहादुर थापाका चारै जना छोरीहरु क्रमशः सिर्जना, सुक्ष्मा, ऋङखला र अप्सराले ३०, त्यस विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्रहरी शर्मा उनका दाजु कुलराज शर्माले २४ हजार चन्दा प्रदान गरी उनिहरुलाई पनि विशिष्ट चन्दादादाका रुपमा सम्मान गरिएको छ । उनिहरुलाई उद्घाटन सत्रका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले सम्मान पत्र सहित दोसाल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै अन्य विशेष चन्दादाहरुमा कुर्घा–२ , स्वाँराका तारा गुरुङ्गले हङकङबाट १३ हजार, भुवाचिदीका लिलबहादुर गुरुङ्गले हङकङबाटै १४ हजार ३ सय , त्यस्तै रुपन्देहीका भलवारीमा बसाई सराई गरेका त्यस विद्यालयका पुर्व विद्यार्थी खड्गबहादुर गुरुङ्ग  ( शुसिल ) ले सउदी अरवबाट १२ हजार ३ सय सहयोग गरेर सम्मानित भएका छन् । १० हजार भन्दा माथी सहयोग गर्नेहरुमा कुर्घा–५, सिम्लेका शोभाखर अर्याल हाल फिनल्याण्ड, कुर्घा–९ हाल वुटवल सुख्खानगर स्थित कोरियन होटल सञ्चालक अर्जुन थापा, भैरहवाह वसाई सराई गरेका कृष्ण केसी हाल जापन रहेका छन् । त्यस्तै १० हजार भन्दा बढि सहयोग गर्नेहरुमा जापनमा रहेका र  भैरहवा वसाई सराई गरेका कृष्णहरी रिजाल, रानीवगिय रुपन्देही र हाल जापनमै रहेका पशुपति गिरी, बडागाउँ–९ , आरुपाटा र हाल क्यानाडामा रहेका दलबहादुर कार्की, कुर्घा–८ गुन्धारा निवासी हाल दुवईमा कार्यरत गोपाल थापा,  रहेका छन् । कुर्घाकै स्वारा निवासी भिमहादुर गुरुङ्गले हङकङबाट ९ हजार ७५ रुपैयाँ चन्दा दिएका छन् । स्वाराकै खेम गुरुङ्गले जापनबाट ६ हजार ६ सय ५० , कुर्घा–४ काप्रे निवासी मनकला गुरुङ्गले हङकङबाट ६ हजार ६ सय ५० , त्यतिनै रकम सहयोग गर्नेहरुमा  स्वाँराकै दुर्घा गुरुङ हङकङबाट । क्रमशः हङकङबाटै स्वाँराका रामबहादुर गुरुङ्ग, भाजविर गुरुङ्ग, रहेका छन् । ५ हजार भन्दा माथी सहयोग गर्नेहरुमा भुवाचिदीका पुर्व विद्यार्थी पदमराज शर्मा हाल काठमाण्डौं, भुवाचीदीका अमृत रिजाल, सिता विष्ट हाल काठमाण्डौं, भुवाचीदीका बमबहादुर जिसी, डोरबहादुरु सारु, ताराबहादुर थापा  ( गोकर्ण )  बुटवल स्थित निलकमल  होटलका मालिक  वेदप्रसाद लोहनी रहेका छन् । त्यतिनै सहयोग गर्नेहरुमा भुवाचीदीका डिलबहादुर खत्री, सोही स्थानका रामु रायमाझीले कतारबाट, कुर्घा ८ हाल बुटवल शंकर नगरका वसन्त विष्ट , कुर्घा ५ वेलटारीका नन्दबहादुर थापा, सोही स्थानका नारायण रिजाल जापनबाट, भुवाचिदीका दुर्गाप्रसाद गौतम, वामी–९ टोड्केकी कल्पना रायमाझीले जापनाबाट, वामी दोवाटाका यमबहादुर जिसीले कोरियावाट , र गुल्मी यातयात व्यवसायी संघबाट पनि ५ हजार भन्दा बढि सहयोग गरेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.