"2513058968709111" /> जिल्ला खेलकुद बिकास समितिको अयोजनामा छैठौ राष्ट्रपति रनिङ्सिल प्रतियोगीताको फाईनल खेल कुर्घामा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला खेलकुद बिकास समितिको अयोजनामा छैठौ राष्ट्रपति रनिङ्सिल प्रतियोगीताको फाईनल खेल कुर्घामा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
माघ २२–
जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगिता त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक हिमालयकुमार श्रेष्ठले यहाँको खेल क्षेत्रको उत्साह देखेर आफु प्रभाबित भएको भन्दै खेलकुद बिकासको लागी आफुले पहल थाल्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पुर्ब अध्यक्ष जनार्धन धिमिरे, , नेकपा एमाले गुल्मीका सचिबालय सदस्य कमला शर्मा, त्रिभुबन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापा , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडेक बहादुर खड्क लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रतियोगीतामा सञ्चालीत सक्पुर्ण खेल बिधाबाट १६२ अंक सहित त्रिभुबन उमाबि कर्घा प्रथम, ८७ अंक सहित महेृन्द्र आदर्श उमाबि वामी द्धितिय, तथा ६९ अंक सहित पृथ्बी उमाबि पुर्काेट दह तृतिय भएका छन । कार्यक्रमका उत्कृष्ट खेलाडीहरुलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोबिन्द बहादुर बि.क.को सभापतित्व रहेको कार्यक्रमको सञ्चालन समितिका उपाध्याक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.