"2513058968709111" /> सिराहामा एक नबबिहीत महिलाको जलाएर हत्या - अनिश शर्मा गैरे
Breaking News
recent

सिराहामा एक नबबिहीत महिलाको जलाएर हत्या

माघ २६–
सिरहाको गोलबजार नगरपालिका–२ चोहर्वामा आज एक नवविवाहिता महिलाको जलाएर हत्या गरिएको छ । आफ्नै घरको कोठामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि २३ वर्षीया सरिता सहनीको मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए । गत मङ्सिरमा विवाह भएकी सहनी आफैँले शरीरमा आगो लगाएर आत्महत्या गरको भन्दै उनका पति सीताराम सहनी घरका सबैजनासहित फरार भएका छन् ।
सहनीकोे शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक निरौलाका अनुसार घटनास्थल प्रकृति मुचुल्कासहित शव परीक्षणका लागि पठाइएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.