देशैभरका शिक्षकहरुको एउटै साझा सँगठन बन्ने ।।
अनिश गैरे .माघ २६–
नेपाल शैक्षिक गणतान्त्रीक मञ्चको बिशेष राष्ट्रिय भेला काठमाण्डौको च्छो रोल्पा पार्टी प्यालेस बालाजुमा सम्पन्न भएको छ । भेलाले बिचारद्धारा बिभाजीत शिक्षकहरुलाई पेशाको नाताले एकताबद्ध गराई पेशागत माग पुरा गराउने उद्धेश्यका साथ बिद्यालयका शिक्षक र कर्मचारीको साझा संस्थाको आबश्यक्त महशुस गरी शिक्षक युनियन बाट शैक्षिक गणतान्त्रिक मञ्चमा रुपान्तरण गरी नेपाल शिक्षक महासंघको गठन गर्ने भएको छ । पेशागत आन्दोलन सशक्त बनाउनको लागी नेपालको ईतिहासमा नेपाली शिक्षकहरुको २५ बर्ष पछि ऐतिहासीक यात्रा शुरु भएको छ । जसको लागी काठमाण्डौको बालाजुमा नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, काठमाडौको सुन्धारा स्थित काठमाण्डौमा महलमा नेपाल शिक्षक युनियन तथा दरबार हाईस्कुलमा तराई शिक्षक युनीयनको सम्पन्न छुट्टाछुट्टै बिशेष राष्ट्रिय भेलाले सोही निर्णय गरेको कार्यक्रमका सहभागी अखिल नेपाल शिक्षक संगठन नेपालका केन्द्रिय सदस्य तथा गुल्मी शाखाका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो । भोली देशैभरका हजारौ शिक्षकहरुको उपस्थितीमा सोही निर्णयलाई अनुमोदन गरिने समेत उहाँले बताउनुभयो । नेकपा माओबादीका उपाध्यक्ष सिपी गजुरेलको प्रमुख आतिथ्यता रहेको भेलामा बिशिष्ट अतिथिहरु पुर्ब गृहमन्त्री तथा एमाओबादीका महासचिब कृष्ण बहादुर महरा, पार्टी प्रबक्ता अग्नि प्रसाद सापकोटा, नेकपा माओबादी स्थायी कमिटि सदस्य हरिभक्त कंडेल, धर्मेन्द्र बास्तोला, केन्द्रिय सदस्य मोहन कार्की, नेकपा एकीकृतका पुर्ब महासचिब तथा स्थायी कमिटि सदस्य रामसिँह श्रीसले शुभकामना ब्यक्त गर्नुभएको थियो । राष्ट्रिय भेलाले गरेको यो निर्णय प्रति कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका उपाध्यक्ष सिपी गजुरेलले खुलेर प्रशासा गर्नुभएको थियो । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबको अध्यक्षता, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिब गोपाल पाण्डेको स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका आर.बी. भण्डारीले गर्नुभएको कार्यक्रमका सहभागी कंडेलले जानकारी दिनुभयो ।

No comments: