"2513058968709111" /> न्यू मोडर्न एकेडेमी बुर्तिबाङमा शिक्षक अभिभावक विच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

न्यू मोडर्न एकेडेमी बुर्तिबाङमा शिक्षक अभिभावक विच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

माघ २३–
बुर्तिबाङ स्थित न्यू मोडर्न एकेडेमीमा आज शिक्षक—अभिभावक विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यो शैक्षिक सत्रको बार्षिक परिक्षा नजिकिदै गर्दा कसरी विद्यार्थीको नतिजामा सुधार गर्न सकिन्छ भन्ने उद्देश्यमा केन्द्रित रहेर उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निमलाल पाण्डेको अध्यक्षता रहको अन्तरक्रिया कार्यक्रममा बोल्दै सेयर सदस्य ज्ञानप्रसाद कँडेलले विद्यार्थीको शैक्षिक नतिजामा सुधार ल्याउनको लागि शिक्षक , अभिभावक र विद्यार्थीको विचमा त्रिकोणात्मक सम्बन्ध र समन्वय हुनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले आफ्ना बालबालिकालाई घरमा रहँदा दबाबमा राखेर भन्दा पनि खुसीसाथ रमाएर पढ्ने वातावरणको सिर्जना गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै अर्का सेयर सदस्य राम सुबेदीले सर्वप्रथम आफ्नो बालबच्चाको बानी बेहोरा कस्तो छ भन्ने विषयमा ख्याल गर्नुपर्ने जिम्मेबारी स्वयम अभिमावकको नै भएको बताउनुभयो । साथमा विद्यालय समय अबधिभर शिक्षण विधि कसरी बालमैत्री तथा विद्यार्थीमुखी बनाउनुपर्छ भन्ने कुराको जिम्मेबारी भने शिक्षक तथा शिक्षिकाहरुको भएको उहाँको धारणा थियो । त्यस्तै शैक्षिक संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै बोल्नुभएका एकेडेमीका प्रिन्सिपल दीपक कुँवरले विगतका बर्षहरुबाट एकेडेमीबाट राम्रो नतिजा आएको र यस बर्ष पनि विगतका बर्षहरुमा भन्दा उत्कृष्ट नतिजा ल्याउनको लागि आफुहरु लागि परेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य बालसम कुँवर , शिक्षक अभिभावक संघका संयोजक तिलक बुढा , सदस्यहरु शालिकराम शर्मा , समबहादुर सुनार , अभिभावक सेरमान घर्तिमगर , चण्डीप्रसाद गुरुङ , इन्द्रबहादुर महत , यमबहादुर तामाङ तथा अन्य अभिभावकहरुले विद्यालय परिवारलाई विद्यालयभित्रको शैक्षिक बातारण विद्यार्थीमुखी बनाउन सुझाव दिएका थिए । कार्यक्रमको अवसरमा एकेडेमीका शिक्षक थानेश्वर अर्याल तथा शिक्षिका चन्दा आले र अस्मिता भण्डारीले अभिभावकबाट आएका सल्लाह तथा प्रतिक्रियामाथि आफ्नो धारणा राख्नुभएको बताइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.