"2513058968709111" /> उखु किसानहरुले २० दिन भित्रमा पेश्की रकम पाउने, मुल्य निर्धारण भने हुन सकेन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

उखु किसानहरुले २० दिन भित्रमा पेश्की रकम पाउने, मुल्य निर्धारण भने हुन सकेन ।।

माघ २३–
दुई महिनासम्म बिना पैसा उखु विक्री गरेका किसानहरुले पेश्की रकम पाउने भएका छन् । सरकार, उद्योगी, व्यावासायी र किसानका प्रतिनिधिवीच भएको पछिल्लो बैठकमा २० दिन भित्रमा किसानलाई पेश्की रकम उपलव्ध गराउने निर्णय भएको हो । चिनी मिल संचालनमा आएको दुई महिना वितिसक्दा पनि किसानहरुले अहिलेसम्म पैसा पाएका छैनन भने उखुको मुल्य पनि निर्धारण भएको छैन । तर अब किसानहरुले आफूले विक्री गरेको उखुको प्रति क्विन्टल साढे तीन सय रुपैयाका दरले पेश्की रकम पाउने भएका हुन् । बाँकी मुल्य निर्धारण भएपछि मिलले किसानलाई भुक्तानी दिने गरी सहमति भएको मुल्य निर्धारण सहजीकरण कार्यदलका सदस्य उमेशचन्द्र यादवले जानकारी दिनुभयो । मिल संचालन भएको दुई महिनामा किसानले तीन अर्ब रुपैया बराबरको उखु मिललाई दिएका छन्, त्यसमध्ये साढे एक अर्ब रुपैया किसानले २० दिन भित्रमा पेश्कीको रुपमा पाउने सहमति भएको यादवले बताउनुभयो । सरकारले प्रति क्विन्टल उखुको मुल्य चार सय ५१ रुपैया कायम गर्न प्रस्ताव गरेको थियो भने चिनी मिल संचालकहरुले चार सय चार रुपैया मात्रै दिन सकिने बताएका थिए, । गएको बर्ष चार सय ७६ रुपैया प्रति क्विन्टलमा उखु विक्री गरेका किसानले भने पुरानै मुल्य कायम हुनुपर्ने माग गर्दे आएका छन् । मिल संचालकहरुको अगाडी सरकार पनि लाचार देखिएको र किसानको पक्षमा मुल्य तोक्न नसकेको आरोप उखु किसानहरुले लगाउँदै आएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.