"2513058968709111" /> नेपाल जुनीयर रेडक्रमको स्वर्ण बर्षको अबसरमा गाबिस स्तरीय समाचार सँकलन तथा बाचन कार्यक्रम हस्तिचौरमा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल जुनीयर रेडक्रमको स्वर्ण बर्षको अबसरमा गाबिस स्तरीय समाचार सँकलन तथा बाचन कार्यक्रम हस्तिचौरमा सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
माघ २३–
नेपाल जुनीयर रेडक्रमको स्वर्ण बर्षको अबसरमा गाबिस स्तरीय हिमालय समाचार सँकलन तथा बाचन कार्यक्रम हिमालय उच्च माद्यामिक बिद्यालय हस्तिौर हर्पुकोटमा सम्पन्न भएको छ । “नेपाल जुनीयर युबा रेडक्रस, बिगतको स्मरण भबिष्यको निर्माण” भन्ने मुल नारा सहित सञ्चालीत कार्यक्रममा सहभागीहरुद्धारा राष्ट्रिय, अन्तराष्ट्रिय, खेलकुद, मौसम लगायतका बिषयमा रेडियोमा जस्तै गरी समाचार बाचन गरेका थिए । नेपाल जुनीयर रेडक्रस सर्कल हिमालय उमाबिका सभापति बिकास जी.सीको सभापतित्व रहेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बैकुण्ठ कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । भने बिद्यालयका प्राचार्य ददिराम पन्थीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्णायक मण्डल सयाेंजक पदम जीसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हस्तिचौर गबसिका ३ बिद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा देबिस्थान माद्यामिक बिद्यलाय ताल्तुङ् प्रथम, आयोजक हिमालय उच्च माबि हर्पुकोट द्धितिय, तथा जनज्योती निमाबि उजुङ् तृतिय भएका छन । कार्यक्रमको सञ्चालन शिक्षक नायक मन बहादुर खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.