"2513058968709111" /> गुल्मीको थोर्गा गाबिसमा उँखु उद्योगले करोडौं भित्राउँदै - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको थोर्गा गाबिसमा उँखु उद्योगले करोडौं भित्राउँदै

प्रेम सुनार, गुल्मी
माघ २८–
स्वादिलो खुँदो र गुँड उत्पादनको पहिचान बोकेको गुल्मीको थोर्गा गाउँमा उँखु खेतीबाटै करोडौँ भीत्रन थालेको छ ।  परम्परा देखिनै स्वादिलो खुदो र गँुड पाउने गाउँका रुपमा परिचीत गुल्मीको थानापति थोर्गाका एक कृषकले पहिलो पटक उखु खेतीलाई उद्योगका रुपमा सञ्चालन गरेका छन् । थानापति–५, थोर्गाका ईन्दुवर ज्ञवालीले उद्योगका रुपमा उखु खेती गरेका हुन् । गत वर्ष देखि घरेलु तथा साना उद्योग विकास समिति गुल्मीमा ‘थोर्गेली अर्गानिक गुण उद्योग’ दर्ता गरेर विगतको भन्दा ठुलो परिणाममा उखु  खेती गरे पछि उनले वार्षिक  पाँच लाख भन्दा बढि आम्दानी लिने भएका छन् भने उनि सहित त्यहाँका सय घरधुरी कृषकहरुले वार्षिक  एक करोड भन्दा बढि रकम  भित्राउने भएका छन् । उनले ७ रोपनी उखु उत्पादनको क्षेत्रफललाई बढाएर २२ रोपनीमा समेत पु¥याएका छन् । उनले गत वर्ष नैं विद्युतबाट उखु पेल्ने आधुनिक मेसिन समेत ल्याएर उखु उद्योग सञ्चालन गरेका छन् ।  थानापति गाविसको थोर्गा गाउँमा उत्पादन हुने उँखुबाट बन्ने खुँदो र गुड लगायतका सामग्रीहरूको विक्रि वितरणबाट त्यहाँका १ सय भन्दा बढी घरधुरीले बार्षिक एक करोड भन्दा धैरै आम्दानी गर्न थालेका हुन् । जिल्ला कृषि विकास कार्यालयको ५० हजार अनुदानमा २ लाख ११ हजार मुल्यमा पहिलो पटक गाउँमा उक्त मेशिन ल्याए पछि अन्य कृषकहरू समेत उखु खेती गर्न उत्साहित भएका छन् । थोर्गामा मात्रै एक सय भन्दा बढि घरधुरीले उखु खेती व्यवसायीक रुपमै गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले त्यहाँका कृषकहरुले पाल्पा बुटवल र काठमाडौं सम्म खुदो प्रति लिटर एकसय र गुँड प्रति किलो एक सय तिसमा विक्री गर्ने गरेका छन् । एक सय जना कृषकहरू मध्ये एक घरधुरीले न्यूनतम ५० हजार देखि ६ लाख सम्म कमाउने र अव थोर्गामा प्रति वर्ष  एक करोड भन्दा बढि रकम उखु खेतीबाट भित्रिने अनुमान उनले गरेका छन् । जिल्ला कृषि विकास कार्याल्यका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले थोर्गाको उखु निकै राम्रो भएकोले कृषि कार्यालयबाट त्यहाँका किसानहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू ल्याउने उनले बताए ।  थानापति, रुरु, वलेटक्सार, वम्घा, दिगाम, विरवास, पल्लीकोट हुँगा लगातका गाविसलाई उखु र तरकारी खेती पकेट क्षेत्र घोषणा गरिएको समेत उनले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.