"2513058968709111" /> जिल्ला प्रहरी कार्यालयु गुल्मीको अयोजनामा जोहाङ्मा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला प्रहरी कार्यालयु गुल्मीको अयोजनामा जोहाङ्मा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न ।।

अनिल खत्री, गुल्मी
माघ २८–
जिल्ला प्रहरी कार्यलय गुल्मीले जोहाङ्ग गाविसमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यलय गुल्मीले आफना सेवा तथा गतिबिधीहरुको बारेमा जानकारी लिदै नागरिकबाट सुझाव सल्लाह समेत लिइएको गियो । जोहाङ्ग गाविसको कार्यलयमा सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका सर्बसाधारणहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो । यता जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न बिद्यालयमा सम्पन्न भएको छ । प्रहरीले जिल्लाका बिभिन्न बिद्यालयमा पुगी बिद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्तक्रिया तथा प्रशिक्षण दिदै आएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले बताउनु भयो । प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका सत्यवती उच्च माबि जोहाङ्गमा सम्पन्न भएको छ । अन्र्तक्रिया बिद्यालयका करिव २ सय भन्दा वढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो । गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा सलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरेको छ । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको छ । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि सञ्चालन गदै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.