"2513058968709111" /> एसएलसी फेल भएपछि घमिरका झगबहादुर कार्की कृषि उत्पादनमा - अनिश शर्मा गैरे
Breaking News
recent

एसएलसी फेल भएपछि घमिरका झगबहादुर कार्की कृषि उत्पादनमा

प्रेम सुनार, गुल्मी
माघ २८–
कोही एसएलसी फेल भएपछि निरास भएर देश प्रदेशतिर रोजगारमा लाग्छन तर गुल्मी घमिरका एक युवा भने घरमै व्यवसायीक कृषिमा लागेका छन् । गत वर्षको एसएलसीमा उतिर्ण हुन नसके पछि घमिर–२ दयराका झगरबहादुर कार्की व्यवसायीक कृषि उत्पादनमा लागेका हुन् । उनले गत वर्ष अदुवा र घिउकुमारी भनेर गाउँ घरमा  चिनिने एलोभेरा खेती सुरु गरेका थिए । अहिले उक्त खेतीबाट ३ क्वीन्टल अदुवा र १० क्वीन्टल घिउकुमारी उत्दान गरेको उनले बताए । सुरु गरेको पहिलो वर्षमैं उक्त उत्पादनबाट आफुले झण्डै ५० हजार रुपैयाँ आम्दानी लिने  देखे पछि  कृषि उत्पादनलाई नै मुख्य पेशा बनाउने उनमा हौसला बढेको छ । प्रति किलो ७० का दरले अदुवा र  प्रति किलो २५ का दरले घिउचिनीबाट उनले यस वर्ष ४६ हजार आम्दानी हाता पार्ने भएका छन् । वलेटक्सारमा  पहिचो पसल खोलेर कृषि पेशाबाटै करोडौंको कारोवार गर्न सफल हुँगाका ध्रुवा न्यौंपाने जस्ता युवा व्यवसायीहरुबाट ज्ञान आर्जन गरी आगमी वर्ष देखि व्यवसायीक तरकारी र फलफुल खेतीमा हात हाल्ने उनको सोच रहेको छ । बैदेशिक रोजगारबाट भन्दा यसै कृषि पेशाबाट कमाउन सकिने बताउँदै उनले  आफु जस्ता उत्साहित युवाहरुलाई सम्वन्धीत निकायले प्रोत्साहित गर्नु पर्ने  आग्राह गरेका छन् ।  आफुले पहिलो वर्षमा उत्पादन गरेको अदुवा र घिउचिनीले स्थानिय तहमा राम्रो वजार नपाएकोले वलेटक्सारमैं रहेको पहिचो पसलले खरिद गरी दिए आफुलाई हौसला बढ्ने उनको आग्राह छ । उच्च शिक्ष पढेर अरुले कमाउने नाम र दाम आफुले कृषि पेशाबाटै कमाउने उनको उद्देश्य रहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.