पाँच सयबाट व्यापार सुरु गरेका हुँगाका युवा अहिले करोडौंपति
प्रेम सुनार, गुल्मी
माघ २७–
१३ वर्षको उमेरमा ५ सय रुपैयाँ बरावरको किराना पसलका सामन डोकोमा ल्याएर घरको पालीमा व्यापार सुरु गरेका गुल्मी हुँगाका एक युवा अहिले करोडौं कारोवारका मालिक बनेका छन् । गुल्मीको हुँगा गाविस वडा नम्वर–९, झेँदी निवासी ३६ वर्षिय युवा ध्रुवा न्यौपनेले गत दुई दशकको अन्तरालमा यस्तो सफलता हाता पारेका हुन् । ‘१३ वर्षको उमेरमा कक्षा सातमा बढ्दा खेरी घर देखि करिव तिन घण्टा तल उल्लीखोलाबाट पाँच सयको किराना सामान डोकोमा ल्याएर घरमा बेच्न सुरु गरेको हुँ’–‘ न्यौपानेले भने–‘ त्यो पाँच सयको व्यापार एसएलसी पास गर्ने बेलामा आई पुग्दा ३७ हजार पुगेछ । ’‘त्यस पछि कैलालीमा रहनु भएको दाजु कहाँ पुगे । त्यहाँ एउटा छाप्रोमा सानो होटल सञ्चालन गरियो –उनले थपे–‘ विस्तारै त्यो होटलबाट कमाई राम्रै हुन थाल्यो र त्यसैले विजनेस लाईनमा लाग्न हौंसायो । ’ फलतः २०५७ सालमा ६५ जना लगानीकर्ता जुटाएर उनले शिद्धार्थ विजनेश ग्रुप कम्पनी खोलेको बताए । कैलालीबाट सुरु गरेको त्यस विजनेश ग्रुपले वुटवल हुँदै काठमाण्डौं सम्म आफ्नो व्यवसाय विस्तार ग¥यो । होटल सञ्चालन, मदिरा थोक विक्री लगायतका विभिन्न व्यवसाय सुरु गरेको त्यस ग्रुपले अरवौंको कारोवार गर्न थाल्यो । उनि त्यसमा प्रवन्ध निर्देशक र सञ्चालक समितिको उपाध्यक्ष पनि रहेका थिए । त्यस ग्रुपमा काम गरेको अनुभवले उनलाई गाउँको कृषि उत्पादन र सहज वजार व्यवस्थापन गर्नेतिर प्रोत्साहित ग¥यो । अन्ततः उनले २०७० चैत्र महिना देखि त्यस ग्रुपलाई साथीहरुको जिम्मा लगाई उनि आफ्नो गाउँ फर्किए । लगत्तै उनले गुल्मीकै हुँगा घर भई हाल नेपालगञ्ज उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रहेका दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष बनाएर २९ जनाको समुहमा पहिचो पसल प्रा.लि.खोले । त्यसमा प्रवन्ध निर्देशक रहेका उनले वुटवलमा पत्रकार सम्मेलन गरी गत भदौमा गुल्मीकै वलेटक्सारमा करिव तिन करोड लागतमा त्यस पहिचो पसल सञ्चालन गरे । यसै वर्ष भित्रमा पाँच करोड र आगामी ५ वर्ष भित्रमा १५ करोड लगानी गर्ने लक्ष्य लिएका न्यौपानेले त्यस पहिचो पसलमा दैनिक सरदर तिन लाख सम्मको व्यापार हुने गरेको बताउँ छन् ।

No comments: