"2513058968709111" /> आगामी २२ फागुनबाट हुरु हुने दोस्रो गुल्मी महोत्सव प्रचार प्रसार तिब्र - अनिश शर्मा गैरे
Breaking News
recent

आगामी २२ फागुनबाट हुरु हुने दोस्रो गुल्मी महोत्सव प्रचार प्रसार तिब्र

अनिल खत्री, गुल्मी
माघ २७–
दोस्रो गुल्मी महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचार प्रसार तिब्र बन्दै गएको छ । “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन,उद्योग र व्यापार ” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महो्त्सवको प्रचार प्रसार एबं पर्यटकिय स्थल अबलोकन व्यवस्थापन समितीको बैठक मंगलवार  गुल्मी उद्योग वाणिज्य संघमा बैठक सम्पन्न भएको छ । प्रचार प्रसार एबं पर्यटकिय स्थल अबलोकन व्यवस्थापन समितीका संयोजक श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न बैठमा समितीका सदस्यहरु तथा जिल्लाका बिभिन्न संञ्चार माध्यम कार्यरत पत्रकार तथा समितीमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । बैठकले समितीले हाल सम्म गरेका प्रगतीहरुको बारेमा जानकारी गराईएको थियो ।  बैठकले दोश्रो गुल्मी महोत्सव सफल बनाउन प्रचार प्रसारका कामहरुको बारेमा गहन छलफल तथा सुझाव सल्लाह समेत लिइएको छ । महोत्सव सफल वनाउनु गठित बिभिन्न समितीहरुबाट समेत अहिले सम्म भएका प्रगतीको बारेमा जानकारी लिएको छ । लोस्रो गुल्मी महोत्सव मुल समारोह समितीका संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, आर्थिक समितीका संयोजक एबं निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारी र दोस्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेल लगायतले हाल सम्म गरेका गतिबिधीहरुको बारेमा समेत जानकारी छलफल गरिएको थियो । दोस्रो गुल्मी महोत्सवमा यहाँको कृषि तथा पर्यटनलाई बिशेष प्राथमिकता दिने गरि उद्योग बाणिज्य संघले महोत्सवको तयारी गरेको संयोजक श्रीप्रसाद भलामी बताउनु भयो ।  । महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राख्ने तयारी भएको छ । महोत्सवलाई थप आकर्षण गराउनको लागी हेलिकप्टरको व्यावस्था समेत गर्ने तयारी भएको पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका पर्यटकिय स्थल तथा गुल्मी जिल्ला भ्रमण गर्न सकिने श्रेष्ठले बताउनु भयो। महोत्सवमा गुल्मीमा उत्पादन भएका कृषि जन्य सामाग्रीहरु प्रर्दशनीमा राख्ने मध्ये उत्कृष्ट कृषकहरुलाई जिल्ला कृषि बिकास कार्यलय गुल्मीबाट तर्फबाट पुरस्कारको व्यबस्था मिलाईएको घरेलु तथा कृषि प्रर्दशनी समितीका संयोजक मनिराम अर्यालले बताउनु भयो ।  महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । समितीेहरुले यति बेला आफना गतिबिधीलाई तिब्र पारिरहेका छन । महोत्सवमा १ सय ५० स्टलहरु रहने र ५ करोड भन्दा वढीको आर्थिक  करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.