"2513058968709111" /> रुद्राबति बहुमुखी क्याम्पसका बिद्यार्थीद्धारा नबआगन्तुक शिक्षक तथा बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्राबति बहुमुखी क्याम्पसका बिद्यार्थीद्धारा नबआगन्तुक शिक्षक तथा बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
माघ २७–
रुद्राबति बहुमुखी क्याम्पका स्नातक दा्ेस्रो तथा तेश्रो बर्षका बिद्यार्थीहरु द्धारा प्रथम बर्षका बिद्यार्थीहरु तथा क्याम्पसका नबआगन्तुक प्रद्यापक हेमन्त घिमिरेलाई स्वागत गरिएको छ । बिद्यार्थी दिपा सापकोटाको सभापतित्व रहेको कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष महेश जी.सीको प्रमुख आतिथ्यता तथा क्याम्पका निमित्त क्याम्पस प्रंमुख रामु तिवारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरु राधिका खरेल तथा केशब रानाले धन्यबाद मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न राजनीतीक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यालय सञ्चालक समितिका पदाधिकारीहरु, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । बिद्यार्थी राधिका पाण्डेको स्वागत रहेको कार्यक्रमको सञ्चालन बिद्यार्थी चन्दा कार्कीले गर्नुभएको थियो ।
यस्तै क्याम्सका बरिष्ठ चन्दादाता बुटवल तथा हाल फिनल्याण्ड निबासी हेमराज अर्याल तथा उहाँको भाईहरु मोहन अर्याल, सुरज अर्याल लगायतका  उहाको परिबारलाई सम्मान समेत गरिएको छ । उहाँले क्याम्पस भबन निर्माणको लागी ५ लाख १२ हजार बारबारको आर्थिक सहयोग गनुभएको थियो ।
सम्मान कार्यक्रममा क्याम्पस प्रमुख हिरामणी अर्याल, समाजसेबी कृष्णहरी सापकोटा लगायतको बिशेष आतिथ्यता रहेको थियो भने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति ट्रंकनाथ भण्डारी, बिरिष्ठ चन्दादाता रामलाल सापकोटा, लगायतको बिशेष उपस्थिती रहेको थियो । भने कार्यक्रमको सञ्चालन प्रद्यापक बुद्धि प्रसाद सापकोटाले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.